स्वास्थ्य सेवाका कर्मचारी समायोजन छिटो सम्पन्न गर्न मन्त्रालय सक्रिय « Khabarhub

स्वास्थ्य सेवाका कर्मचारी समायोजन छिटो सम्पन्न गर्न मन्त्रालय सक्रिय


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह/उपसमूहमा कार्यरत कर्मचारीको समायोजन प्रक्रिया छिटोभन्दा सम्पन्न हुने जनाएको छ ।

कर्मचारी समायोजन भएको पत्र छिटो साधनद्वारा कर्मचारी कार्यरत रहेकै स्थानमा पुग्ने गरी पठाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘समायोजन तथा पदस्थापनसम्बन्धी कार्यलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइरहेको छ । वर्षात तथा विपद्को सयममा खटिएका स्थानमा स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यमा लागि रहन सबै तहका कर्मचारीलाई पुनः यसै सूचनाद्वारा स्मरण गराइन्छ ।’

विज्ञप्तिमा पद, नाम तथा स्तरवृद्धि सम्बन्धमा समायोजन प्रक्रिया सम्पन्न हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग समन्वय गरी समस्या समाधान गरिने जनाइएको छ ।

स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियनले पद, नाम र स्तरवृद्धिको समस्या सम्बोधन गर्न उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १० : १० बजे

अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण

बाजुरा– अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराले घरमै पुगेर

‘महिला सहभागिताबारे रास्वपा सचेत छ, चार नेताको छलफललाई अन्य रुपमा नबुझौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी कोषाध्यक्ष लीमा अधिकारीले नयाँ सरकार गठनका

रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार खगिन्द्रा खुशीलाई

काठामाडौं- ‘तेस्रो आँखा साहित्यिक समूह’ले ‘रूपान्तरण राष्ट्रिय आख्यान पुरस्कार’ युवा

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

गण्डकी– तनहुँको शुक्लागण्डकी नगरपालिका–२ स्थित एक्ले खेतमा रहेको ॐ कृषि

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौं– सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई पार्किङ गर्न