अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण « Khabarhub

अपाङ्गता भएकालाई घरमै नागरिकता वितरण


६ चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

बाजुरा– अपाङ्गता भएका नागरिकलाई जिल्ला प्रशासन कार्यालय बाजुराले घरमै पुगेर नागरिकता प्रमाण पत्र वितरण गरेको छ । जिल्लाको बूढीनन्दा नगरपालिका–६ कोटिलाका ३३ वर्षीया खगिन्द्र भाटलाई बाजुराका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले घरमै पुगेर नागरिकता प्रमाण पत्र वितरण गरेका हुन् ।

भारतको मुम्बईमा रोजगारी गर्दै आएका खगिन्द्र भाटलाई मुम्बईको बेलपुरामा सन् २०१८ मा रेल दुर्घटना हुँदा दुईवटै खुट्टा गुमाउनु परेको थियो । दुर्घटनाबाट बाँचेका भाटले आफूसँग भएका नेपाली नागरिकताको प्रमाणपत्रसहित अन्य आवश्यक कागजातसमेत हराए । 

दुर्घटनापछि रोजगारी गुमाएका कारण उनी स्वदेश फर्किए । सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीसम्म बसमा आएका भाट दुर्गम तथा विकट आफ्नो गाउँमा हिँडडुल गर्न नसक्ने भएपछि पुनः धनगढीमा कोठा भाडामा बस्दै आएका छन् । रेल दुर्घटनामा नागरिकता हराएपछि उनी राज्यबाट पाउने सुविधाबाट समेत वञ्चित हुँदै आएका थिए । 

राज्यबाट प्राप्त हुने सेवा सुविधा लिनका उनका बुबाले वडाको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा पुगेर नागरिकता प्रमाणपत्रको अभावमा भोगिएको समस्या वारे प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलालाई जानकारी गराए । सो समस्या समाधानका लागि प्रजिअ निरौलाले भाटलाई घरमै पुगेर नागरिकताको प्रतिलिपि दिएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनीले जानकारी दिए । 

उनकाअनुसार नागरिकता प्रमाणपत्रबाट वञ्चित हुन नदिने गरी वडाको सिफारिस र भाटको बुबाको आग्रहपछि प्रमुख जिल्ला अधिकारी निरौलाले घरमै पुगेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेका हुन् । 

जिल्ला प्रशासन कार्यालयले अशक्त, असहाय, वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई घरमै पुगेर सेवा दिने गरेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए ।

उनका अनुसार अशक्त तथा सेवासम्म पहुँच नपुगेका नागरिकलाई लक्षित गर्दै घरदैलोमै पुगेर सेवा प्रदान गरिएको हो । राज्यको सेवा सबै नागरिकसम्म समान रूपमा पुग्नुपर्छ भन्ने मान्यताअनुसार हामीले धनगढीमै पुगेर नागरिकताको प्रतिलिपि दिएको उनले बताए  । 

वडाको सिफारिस र हाम्रो आग्रहपछि स्थानीइ प्रशासनले आवश्यक प्रक्रिया पूरा गरी सेवा प्रवाहलाई नागरिक मैत्री बनाउँदै घरमै पुगेर प्रतिलिपि वितरण गरिएको खगिन्द्रका बुबा मदनबहादुर भाटले जानकारी दिए । 

राज्यको यस्तो पहलले सेवाप्रवाहलाई प्रभावकारी र समावेशी बनाउने गरिएको बताउँदै प्रमुख जिल्ला अधिकारी निरौलाले भने, अशक्त र पहुँचबाट टाढा रहेका नागरिकसम्म पुग्ने यस्ता कामले राज्यप्रतिको भरोसा बढाएको छ । 

दुर्गम बाजुराबाट ३०० किलोमिटर टाढा धनगढीसम्म पुगेर सेवा दिन स्थानीय प्रशासनको सक्रियता र संवेदनशीलताको यो एउटा अनुपम उदाहरण हो । यसले सेवा लिन असमर्थ नागरिकका लागि राज्यको उपस्थिति अझ नजिकबाट अनुभूत गराएको छ नागरिक समाजका अगुवा दीर्घराज पाध्यायले बताए । 

प्रकाशित मिति : ६ चैत्र २०८२, शुक्रबार  ४ : २९ बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन