स्वास्थ्य सेवाका कर्मचारी समायोजन छिटो सम्पन्न गर्न मन्त्रालय सक्रिय « Khabarhub

स्वास्थ्य सेवाका कर्मचारी समायोजन छिटो सम्पन्न गर्न मन्त्रालय सक्रिय


२ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूह/उपसमूहमा कार्यरत कर्मचारीको समायोजन प्रक्रिया छिटोभन्दा सम्पन्न हुने जनाएको छ ।

कर्मचारी समायोजन भएको पत्र छिटो साधनद्वारा कर्मचारी कार्यरत रहेकै स्थानमा पुग्ने गरी पठाउने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘समायोजन तथा पदस्थापनसम्बन्धी कार्यलाई मन्त्रालयले उच्च प्राथमिकतामा राखी कार्य अगाडि बढाइरहेको छ । वर्षात तथा विपद्को सयममा खटिएका स्थानमा स्वास्थ्य सेवा प्रवाह गर्ने कार्यमा लागि रहन सबै तहका कर्मचारीलाई पुनः यसै सूचनाद्वारा स्मरण गराइन्छ ।’

विज्ञप्तिमा पद, नाम तथा स्तरवृद्धि सम्बन्धमा समायोजन प्रक्रिया सम्पन्न हुनासाथ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा अर्थ मन्त्रालयसँग समन्वय गरी समस्या समाधान गरिने जनाइएको छ ।

स्वास्थ्य सेवामा क्रियाशील ट्रेड युनियनले पद, नाम र स्तरवृद्धिको समस्या सम्बोधन गर्न उपप्रधान तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको ध्यानाकर्षण गराउँदै आएका छन् ।

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार  १० : १० बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज