प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने « Khabarhub

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) स‌ंसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।

सम्बोधनका क्रममा प्रधानमन्त्रीले सरकारले गरिरहेका काम तथा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा बोल्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले खबरहबलाई जानकारी दिए ।

अधिकारीले भने, ‘प्रधानमन्त्रीले संसदमा सम्बोधन नगरेको लामो समय भएको थियो । उहाँले आज सम्बोधन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीले सरकारले गरिरहेका काम कारबाही, समसामयिक घटनाक्रम र सांसदले राखेको जिज्ञसाको जवाफ दिनुहुनेछ ।’

संसदमा सम्बोधन गर्न प्रधानमन्त्री ओली दिउँसो साढै २ बजे संसद भवन पुग्नेछन् । स्वास्थ्य समस्याका कारण सार्वजनिक कार्यक्रममा कम सहभागी भएका प्रधानमन्त्री ओली बुधबारदेखि सक्रिय भएका छन् ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ९ : ०६ बजे

आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी वैशाख १२ देखि स्वयम्भू महोत्सव

आइतबारदेखि वर्षा पश्चिमतिर विस्तार हुने

काठमाडौं – पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा

हाँडेभिर–बगरफाँट–भकिम्ली सडक स्तरोन्नति गरिँदै

म्याग्दी – ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर–बगरफाँट–दुधेखोला हुँदै भकिम्ली जोड्ने

गोरखा दुर्घटना अपडेट : ज्यान गुमाउने सातै जना भारतीय नागरिक

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेका तीर्थयात्री चढेको

अमेरिकी सेनाका उच्च अधिकारी जनरल भोवेल आइतबार काठमाडौं आउँदै

काठमाडौं – अमेरिकी सेना प्रशान्त (युएसएआरपीएसी) का उप–कमाण्डिङ जनरल जोएल