ज्वरो धेरै आउँछ ? स्क्रवटाइफस भएको हुनसक्छ « Khabarhub

ज्वरो धेरै आउँछ ? स्क्रवटाइफस भएको हुनसक्छ


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्क्रवटाइफस एक किसिमको सरुवा रोग हो जुन माईटमा पाइने जिवाणुबाट लाग्छ । पाईट प्राय मुसा बस्ने खेतबारी, वन, जङ्गल चउर र घर वरिपरी झाडी हुने ठाउँमा पाइन्छ ।

स्क्रव टाइफस भएका बिरामीले समयमै उपचार नपाएमा कडा खालको श्वास प्रश्वासको समस्या हुन्छ । श्वस फेर्न गाह्रो भइ शरीरका अन्य अंगहरुले काम गर्न छाडेर बिरामीको मृत्यु समेत हुने गर्छ ।

त्यसैले स्क्रव टाइफसको लक्षण देखिएमा तुरुन्त स्वास्थ्यसंस्थामा गई चिकित्सकको सल्लाहमा औषधि उपचार गर्नुपर्छ । समयमै उपचार पाएमा यो रोग निको हुन्छ ।

कसरी सर्छ ?

स्क्रव टाईफस मुसामा लाग्ने किर्ना जस्तो देखिने सानो किराको टोकाइबाट मानिसमा सर्छ । तर यो रोग मानिसबाट मानिसमा भने सर्दैन ।

स्क्रव टाईफसका लक्षण

–धेरै ज्वरो आउनु,

–कामज्वरो समेत आउनसक्ने,

–टाउको धेरै दुख्ने,

–पसिना आउने,

–आँखा रातो हुने,

–झाडापखाला लाग्ने,

–किराले टोकेको ठाउँमा रातो डावर जस्तो दाग देखिने,

स्क्रव टाईफसबाट यसरी बच्नुस्

–खेतवारीमा काम गर्दा शरीर पुरा ढाकिने कपडा लगाउने,

– चउर, घाँसवारीमा नबस्ने,

–चउरमा बस्दा गुन्द्रि वा सुकुल ओछ्याएर बस्ने,

– घर वरपर झाडी, घाँस बढ्न नदिने,

– घर तथा गोठमा मुसा नियन्त्रण गर्ने,

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १२ : ५२ बजे

पुनः आवागमन रोकेर धुलिखेल–खावा सडकखण्डको स्तरोन्नति

काभ्रेपलाञ्चोक – अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा पुनः सवारीसाधन आवागमनमा

झापामा घरको छतबाट लडेर एक जनाको मृत्यु, एक घाइते

झापा – भद्रपुर नगरपालिका–६ सङ्गम चोकमा दुईतले पक्की घर भत्काउने

ट्रम्पले भने – हर्मुज जलडमरु खोल्न अमेरिका सक्षम हुँदैछ

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार हर्मुज जलडमरु सम्बन्धी

प्रजातान्त्रिक आन्दोलनमा पत्रकारिता क्षेत्रको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री पाण्डे

बागलुङ – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको प्रजातान्त्रिक आन्दोलनमा

ऐतिहासिक महत्त्व बोकेको मनमैजु जात्रा सुरु

काठमाडौं – धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको मनमैजुमा जात्रा