सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक प्रतिनिधिसभाबाट स्वीकृत « Khabarhub

सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक प्रतिनिधिसभाबाट स्वीकृत


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सेफगार्ड, एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयक २०७५, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्त विधेयक २०७५ सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ ।

राष्ट्रिय सभाबाट संशोधन सहित प्राप्त यी दुई विधेयकलाई प्रतिनिधिसभाको विहिबारको दोश्रो बैठकले सर्वसम्मति स्वीकृत गरेको हो ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५ का सम्बन्धमा नेपाली कांग्रेसका सांसद डाक्टर मिनेन्द्र प्रसाद रिजाल र प्रेम सुवालले आर्थिक अनुशासन कायम रहने गरि बलियो कार्यविधि बनाउनुपर्ने सुझाव दिएका थिए ।

प्रत्येक व्यक्तिको भागमा रहेको ऋण घटनाउने, व्यापार घाटा कम गर्ने, भ्रष्टाचार नियन्त्रण लगायत विषय सम्बोधन गर्ने गरि कार्यविधिमा व्यवस्था गर्नुपर्ने धारणा उनीहरुले राखेका थिए ।

छलफलमा सांसदहरुबाट उठेका जिज्ञासाको सम्बोधन गर्दै अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै समस्याको एउटै हल आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन मात्रै नभएको भन्दै आर्थिक अनुशासन पालना गराउनका लागि अन्य कानुनहरुको पनि उत्तिकै प्रभावकारी कार्यान्वयन गर्न सके आर्थिक विसंगतिको समाधान गर्न सकिने बताए ।

अर्को बैठक आजै अपरान्ह साढे २ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  १ : ३५ बजे

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन

एनपीएलमा श्रीलंकन कप्तान चरिथ असलंकाले विराटनगरबाट खेल्ने

काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो

कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन

नारायणगढ – पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा गएको पहिरोपछि खोलिएको नयाँ ट्र्याकबाट

भोटेकोशी बाढी : ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता

काठमाडौं – भोटेकोशीे बाढीमा परेर ३६ देशका ६०६ विदेशी पर्यटक

चितवनमा दुई महिनामा ९२ जना डेङ्गु सङ्क्रमित

चितवन – जिल्लाका अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ९२ जनामा