नयाँ प्रधानमन्त्री निवास शिलान्यास गर्दै ओलीले भने– यो मेरालागि होइन | Khabarhub Khabarhub

नयाँ प्रधानमन्त्री निवास शिलान्यास गर्दै ओलीले भने– यो मेरालागि होइन


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ प्रधानमन्त्री निवास आफ्नो लागि नभएको बताएका छन् ।

प्रधानन्त्री निवासको नयाँ भवन शिलान्यास गर्दै प्रधानन्त्री ओलीले आफ्नो कार्यकाल सकिँदा भवन बनि नसक्ने तर त्यसपछि बन्ने प्रधानमन्त्रीहरुले उक्त नयाँ भवन प्रयोग गर्न पाउने उनले बताए ।

‘म अहिले ४१ औं प्रधानमन्त्री छु,’ प्रधानमन्त्री ओलले भने, ‘यो भवनमा २ सय ४१ औं प्रधानमन्त्री पनि बस्न पाउनुहुन्छ । यो भवन रंगरोगन गर्दागर्दै मेरो कार्यकाल सकिन्छ र म पछिका प्रधानमन्त्रीहरु बस्न पाउनुहुन्छ ।’

प्रधानमन्त्री ओलीले आफ्नो कार्यकाल उक्त भवन निर्माण कार्य हुँदैगर्दा बित्ने भएकाले नयाँ प्रधानमन्त्रीले भने सो भवनमा शान्तसँग बस्न पाउने बताए ।

प्रधानमन्त्री ओलीले यसअघि हिजो बुधबार संसद भवनको शिलान्यास गरेका थिए । सरकारले संसद भवन बनाउन ठूलो लगानी गरेको भन्दै आलोचना भइरहँदा प्रधानमन्त्री ओलीले त्यसलाई नकारात्मक रुपमा लिन नमिल्ने बताए ।

बाह्य दवाव र प्रभाव पर्न नदिन संघीय संसद भवन सरकारले आफ्नै लगानीमा बनाउन सुरु गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, नीति, निर्माण गर्ने संस्था त्यसलाई स्वतन्त्र ढंगले अघि बढाउन पनि आफ्नै लगानीमा सो भवन निर्माण गर्न लागिएको प्रष्ट पारेका हुन् ।

‘हामीले भन्यौं, हाम्रो संसद भवन अरुको सहायतामा निर्माण गर्दैनौं । सो संसद भवन बनाउन पनि अरुको सहयोग पाउन सक्थ्यौं,’ प्रधानमन्त्री ओलीले भने, ‘तर देशको सर्वोच्च जनप्रतिनिधिमूलक संस्था, जो अत्यन्त स्वतन्त्र ढंगले कुनै प्रकारको कसैको दायित्व, उत्तरदायित्व, दवाव जस्ता कुराहरु नलिईकन कुनै पनि प्रकारको प्रभावमुक्त राख्नुपर्ने भएकाले संसद भवन आफ्नै लगानीमा निर्माण गर्न सुरु गरियो ।’

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  २ : ४८ बजे

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु, आमा घाइते

ताप्लेजुङ– ताप्लेजुङमा फड्के तर्ने क्रममा आज खोलामा खसेर एक बालिकाको

एक वर्षमा १४ प्रतिशतले बढ्यो बिमा व्यवसाय, ४८ प्रतिशत जनसङ्‍ख्या बिमाको दायरामा

काठमाडौं– अघिल्लो आर्थिक वर्ष (आव) ०८०/८१ को तुलनामा गत आव

युवा पुस्तालाई धार्मिक बनाउन ‘क्रान्तिकारी भजन’

काठमाडौं– देउडा गायक सुरेश शाहीले नयाँ पुस्तालाई धार्मिक बनाउने सन्देश

साउदी अरेबियाबाट श्रम वैधानिकिकरण सुरु

काठमाडौं– श्रम स्वीकृति नलिई साउदी अरेबियामा कार्यरत नेपालीहरूको श्रम वैधानिकिकरण

‍प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ ल्याउने 

काठमाडौं– प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्कासन