बाइसधारा र रत्नपार्क प्रवेश गर्दा आजदेखि शुल्क नलाग्ने | Khabarhub Khabarhub

बाइसधारा र रत्नपार्क प्रवेश गर्दा आजदेखि शुल्क नलाग्ने


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजदेखि ४ गतेसम्म काठमाडौंका रत्नपार्क र बालाजुस्थित बाइसधारा घुम्न शुल्क तिनु नपर्ने भएको छ ।

काठमाडौं महानगरपालिकाले संविधान दिवसको अवसरमा काठमाडौंका पार्क घुम्न पैसा तिनु नपर्ने व्यवस्था गरेको हो । महानगरले संविधान दिवसलाई भव्य बनाउन भन्दै पार्कमा समेत प्रवेश शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

बालाजुस्थित बाइसधारा र रत्नपार्क प्रवेशमा लिइँदै आइएको प्रवेश शुल्क तीन दिनलाई निःशुल्क गरिएको छ । यी पार्कमा प्रवेश शुल्कबापत २५ रुपैयाँ तिर्नु पर्छ ।

महानगरले पार्क घुम्न आउनेलाई प्रवेश शुल्क निःशुल्क गर्ने निर्देशन दिएपनि यसअघि संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भने संविधान दिवसको विदा पार्क घुम्न र डेटिङ जान नभएको बताएका थिए ।

यस्तै संविधान दिवसका दिन टुंडिखेलमा हुने भव्य समारोहमा आउने सर्वसाधारणका लागि पनि महानगरले बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायत उपलब्ध गराउने जनाएको छ ।

दिवसको अवसरमा महानगर मातहतका कार्यालयहरुमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली गरिने छ । यस्तै, नागरिकलाई पनि दीपावलीका लागि आह्वान गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ४ : १३ बजे

मकैमा कीराको सङ्क्रमणले किसान चिन्तित

राँझा– बाँकेमा लगाइएको मकैबालीमा रोग तथा कीराको प्रकोप बढ्दै गएपछि

यस्तो छ ‘मनसरा’ को गीत ‘एक तार मनको’

काठमाडौं- प्रदर्शनरत फिल्म ‘मनसरा’को गीत ‘एक तार मनको’ सार्वजनिक भएको

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युत आयोजनाको निर्माण प्रभावित

काठमाडौं– प्राथमिक (आईपीओ)रहकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित

पानी नपर्दा अदुवा उत्पादक कृषक मारमा

तनहुँ– समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक

सरकारसँगको प्रतिबद्धतापछि रुसी सेनामा कार्यरत नेपाली परिवारको अनसन स्थगित 

काठमाडौं– रुसी सेनामा रहेका आफन्त फिर्ता ल्याइदेऊ भन्दै आमरण अनसन