खडेरी लागेको फिल्म बजारलाई दशैँले राहत देला? « Khabarhub

खडेरी लागेको फिल्म बजारलाई दशैँले राहत देला?


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिन्दू नेपालीहरुको महान चाड बडादशैँ आउन अब धेरै बाँकी छैन । चौतर्फी दशैँको चर्चा हुन थालेको छ । यता फिल्म बजारमा पनि दशैँको अवसर पारेर नयाँ चलचित्र रिलिज हुने क्रम जारी छ । किनकि, प्रतीक्षित फिल्महरुले दशैँ ताकेर आफ्नो प्रदर्शन मिति तोकेका छन् ।

भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘कबड्डी ३’ को यतिबेला राम्रो चर्चा छ । यसअघि चलचित्रका दुई भाग सुपरहिट भइसकेकाले पनि फिल्मको चर्चा छ । दशैँ नजिकिँदै गर्दा रिलिज हुन लागेको यो फिल्मको स्टारकास्टका कारण पनि उत्तिकै चर्चा छ । चलचित्रमा दयाहाङ राईले काजीको भूमिका निभाउँदैछन् । उनको भूमिकालाई दर्शकले रुचाएका पनि छन् । साथै उनीप्रति सहानुभूति पनि प्रकट गरेका छन् ।

अझ यो भागमा त झन् नयाँ कलाकारको पनि इन्ट्री भएको छ । कमेडी शैलीको यो फिल्म रिलिजअघि नै अनुमान गरिएको छ – यो फिल्म सुपरहिट हुनेवाला छ । यसको अर्को आधार के हो भने, फिल्मले मल्टिप्लेक्समा सर्वाधिक शो पाएको छ । धेरैले यो फिल्मले दर्शक हलसम्म ओराल्ने अनुमान लगाएका छन् ।

यस्तै दशैँको मौका छोपेर अन्य दुई ठूला ब्यानरका चलचित्र पनि निर्माण हुँदैछन् । चलचित्र ‘छ माया छपक्कै’ र ‘रातो टीका निधारमा’ गरी दुई चलचित्र बढी चर्चामा छन् । यी चलचित्र पनि कमेडी जानरामा नै निर्माण भएका हुन् । यसरी हेर्दा तीनै चलचित्रले दशैँलाई कमेडीमय बनाउनेछन् ।

दीपक–दीपाको चलचित्र ‘छ माया छपक्कै’ मा केकी अधिकारी पनि छिन् । यस्तै यो चलचित्रमा ‘छक्का पञ्जा’ टिमका कलाकार छन् । जो यसअघिका सिरिजमार्फत हिट छन् । फिल्मको गीतले राम्रै प्रतिक्रिया पाइरहेको छ ।

यस्तै चलचित्र ‘रातो टीका निधारमा’ को पनि उत्तिकै चर्चा छ । यो फिल्म त अझ दशैँ विशेष नै छ । फिल्मको कथाले नै दशैँ ‘इन्डिकेट’ गरेकाले यो फिल्मले दशैँमा दर्शक हलसम्म तान्ने अनुमान गरिएको छ ।

पछिल्लो समय दर्शक नेपाली फिल्म हेर्न दर्शक हलसम्म आएका छैनन् । सम्भावना र आशा जगाएका फिल्मले पनि यसवर्ष खासै व्यापार गर्न नसकिरहेका बेला यी चलचित्रले भने फिल्मको बजारमा केही राहत पु–याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ४ : ५४ बजे

निर्मल पुर्जाको निधन

काठमाडौं- चर्चित आरोही निर्मल पुर्जाको निधन भएको छ । पाकिस्तानको

सुदूरपश्चिम विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गएका विद्यार्थीको मृत्यु

महेन्द्रनगर– कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयको व्यवस्थापन संकायको छतबाट हाम फालेर

ब्रोड पिकमा उद्धार अभियान जारी, ड्रोनले थप शव देखेको दाबी

पाकिस्तान-पाकिस्तानस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिक (८,०४७ मिटर) मा

खजुरा क्यान्सर अस्पतालका ४४ उपकरण मर्मत

 नेपालगञ्ज– बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरामा लामो समयदेखि

एलपी ग्यास अभावपछि निगमको टेकु कार्यालयबाट बिक्री सुरु

काठमाडौं– एलपी ग्यासको अभाव देखिएपछि नेपाल आयल निगमले टेकुस्थित कार्यालयबाट