गाइजात्रे रुपमा संविधान दिवस नमनाउनुस्– महतो « Khabarhub

गाइजात्रे रुपमा संविधान दिवस नमनाउनुस्– महतो


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारले संविधानको सर्वस्वीकार्यतालाई प्राथमिकता नदिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

संघीय संसदको चौथो अधिवेशन अन्त्य हुँदै गर्दा प्रतिनिधिसभाको विहिबारको तेश्रो बैठकमा बोल्दै राजपाका सांसद महतोले संविधान संशोधन गर्ने प्रतिवद्धता जनाएर पनि डेढ बर्ष सम्म संविधान संशोधन नगरिएकोमा गम्भीर असहमति जनाए ।

उनले संविधान संशोधन नभए यसअघिका संविधान जस्तै संघीय संविधान पनि फाल्नुपर्ने अवस्था श्रृजना हुने भन्दै त्यसतर्फ गम्भीर बन्न चेतावनी दिए ।

सरकारले दिपावलीको उर्दी जारी गरेर दिपावली नहुने भन्दै उनले संविधान दिवसको दिन ७० प्रतिशत जनताले ब्ल्याकआउट गर्ने चेतावनी दिए । संविधान दिवस गाइजात्रे रुपमा नमनाउन सरकारसँग महतोले आग्रह गरे । उनले भने,’यो गाइजात्रे दिवस नमनाउनुस् क्या, आफ्नै सरकार पनि दिवस मनाइरहेको छैन, पुरै सरकार । ७० प्रतिशत जनता, दुई तिहाइ जनता त विरोध दिवस, काला दिवस ब्ल्याक आउट गरिरहेको छ।’

संविधानलाई असफल बनाउने र प्रहार गर्ने काम सरकारकै क्रियाकलापबाट भएको दाबी पनि उनको थियो ।

निर्मला प्रकरण, वाईडवडी, सुन काण्ड, बालुवाटार जग्गा प्रकरण लगायतका घटनाका दोषीलाई कारवाही नभएकोमा पनि उनले सरकारको ध्यानाकर्षण गराए । उनले भने,“बालुवाटार बिक्री भइसक्यो । सिंहदरबार कहिले बिक्रि हुने हो त्यो पनि बताइदिनु पर्यो ।”

नागरिकताका सम्बन्धमा न्यायाधीश पिच्छे अलग अलग फैसला आउने गरेको भन्दै उनले भने “कहिले खोल्ने कहिले बन्द गर्ने लोडसेडिङको बेलामा बत्ति आउने जाने जस्तो अदालतको फैसला पनि त्यही भएको छ नागरिकताको सवालमा ।”

उनले सरकारमै सहभागी भएको पार्टीले संविधान दिवस नमनाएपछि सरकारमाथि नै बैधानिकताको प्रश्न उठेको टिप्पणी गरे । महतोले समाजवादी पार्टीका अध्यक्ष एवं सरकारका उपप्रधानमन्त्री उपेन्द्र यादवलाई संविधान दिवस नमनाउने भनेर सरकारमै बसिरहन नमिल्ने भन्दै धारणा स्पष्ट पार्न आग्रह गरे ।

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुखले दुई पटक गरेको रुलिङलाई नमानेर सरकारले संसदीय अभ्यासमाथि नै अपमान गरेको भन्दै उनले संसद अधिवेशनलाई नै “कालो अध्याय”को रुपमा रहेको टिप्पणी गरे । उनले भने “तपाईको रुलिङलाई पनि सरकारले लगौटी लगाईदियो ।”

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ५ : ०५ बजे

निर्वाचन सामग्री धमाधम जिल्लातिर (तस्बिरहरू)

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन

राष्ट्रियसभाको शून्य समयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रियसभा सदस्यहरूले विदेशमा ज्यान गुमाएका नेपाली, विकास बजेट रोक्का,

झापामा ओलीले भने : ग्यास उत्खनन भइसकेको छ, पाइपबाट घरघरमा पठाउने दिन आउँदैछ

झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अपराधिक तत्वहरूले आफूमाथि

नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल

काठमाडौं– नेपाल र कतारबीच समग्र आर्थिक विकास, पर्यटन प्रवर्द्धन तथा

पोर्चुगलमा नरमपन्थी सेगुरो निर्वाचित

एजेन्सी– पोर्चुगलको राष्ट्रपतीय निर्वाचनमा केन्द्र–वाम समाजवादी उम्मेद्वार एन्टोनियो जोसे सेगुरो