डा रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने निर्णय « Khabarhub

डा रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने निर्णय


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई दिने निर्णय गरेको छ ।

डा रुइतलाई संविधान दिवसका दिन शुक्रबार (भोलि) ५ लाख रुपैयाँ राशिको प्रधानमन्त्री राष्ट्रिय पुरस्कार प्रदान गरिनेछ ।

सरकारका प्रवक्ता तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै डा रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने निर्णय भएको बताएका हुन् ।

डा रुइतले लामो समय मोति विन्दु लगायत आँखाको समस्याका कारण अन्दोपना भएका र अन्दोपना हुनसक्ने लाखौं बिरामीको उपचार गर्दै आएका छन् ।  उनी तिलगंगा आँखा प्रतिष्ठानका संस्थापन पनि हुन् ।

डा रुइत यसअघि भारतको पद्माश्री पुरस्कारबाट समेत सम्मानित भएका व्यक्ति हुन् । सरकारले २०७५ साल मंसिरमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोषको स्थापना गर्ने निर्णय गरेको थियो ।

केपी ओली सरकारले स्थापना गरेको कोषबाट यो पुरस्कार पहिलो पटक डा रुइतलाई प्रदान गर्न लागिएको हो । सरकारले गत मंसिरमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकास क्षेत्रमा योगदान पु¥याउने प्रतिभाशाली व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्न कोष स्थापना गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ६ : १५ बजे

कार्यविधिमा मुक्त कमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ : मुख्यमन्त्री शाह

घोडाघोडी (कैलाली)- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मुक्त कमलरीसम्बन्धी कार्यविधिमा

पोखरालाई गुल्जार बनाउने ‘पोखरा सडक महोत्सव’

पोखरा- तीन दशकअघि मङ्सिर-पुस महिनामा पोखराको लेकसाइड सुनसान हुन्थ्यो ।

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा (झापा)- सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

पोखरा एभेन्जर्ससँग चितवन राइनोज ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभन्जर्सले