डा रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने निर्णय « Khabarhub

डा रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने निर्णय


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार वरिष्ठ नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतलाई दिने निर्णय गरेको छ ।

डा रुइतलाई संविधान दिवसका दिन शुक्रबार (भोलि) ५ लाख रुपैयाँ राशिको प्रधानमन्त्री राष्ट्रिय पुरस्कार प्रदान गरिनेछ ।

सरकारका प्रवक्ता तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै डा रुइतलाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दिने निर्णय भएको बताएका हुन् ।

डा रुइतले लामो समय मोति विन्दु लगायत आँखाको समस्याका कारण अन्दोपना भएका र अन्दोपना हुनसक्ने लाखौं बिरामीको उपचार गर्दै आएका छन् ।  उनी तिलगंगा आँखा प्रतिष्ठानका संस्थापन पनि हुन् ।

डा रुइत यसअघि भारतको पद्माश्री पुरस्कारबाट समेत सम्मानित भएका व्यक्ति हुन् । सरकारले २०७५ साल मंसिरमा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोषको स्थापना गर्ने निर्णय गरेको थियो ।

केपी ओली सरकारले स्थापना गरेको कोषबाट यो पुरस्कार पहिलो पटक डा रुइतलाई प्रदान गर्न लागिएको हो । सरकारले गत मंसिरमा शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकास क्षेत्रमा योगदान पु¥याउने प्रतिभाशाली व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्न कोष स्थापना गरी प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान गर्ने व्यवस्था गरेको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ६ : १५ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५