आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न स्वदेशी पोशाक अनिवार्य « Khabarhub

आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न स्वदेशी पोशाक अनिवार्य


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीलाई अनिवार्य स्वदेशी कपडा लगाउनुपर्ने कानुनी व्यवस्था गर्न लागेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले अस्पताल, सुरक्षाकर्मी र सरकारी कर्मचारीहरुलाई अनिवार्य रुपमा स्वदेशी कपडा लगाउन बाध्य हुने गरी सार्वजनिक खरिद ऐन संशोधन गर्न लागिएको जानकारी दिएका हुन् ।

उनले त्यसका लागि गुणस्तरीय उत्पादन र त्यसको मूल्य सहज बनाउन पनि स्वदेशी कपडा उद्यमीहरुलाई सचेत गराए । बिहीबारबाट काठमाडौंमा सुरु भएको ‘यार्न एण्ड टेक्सटाईल एक्स्पो–२०१९’ को उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले स्वेदशी उद्यमहरुलाई आत्मनिर्भर बनाउन सरकारले १५ प्रतिशत संरक्षण दिने व्यवस्था गरेको पनि बताए ।

अर्थमन्त्री खतिवडाले सरकारी स्वामित्वमा रहेका सार्वजनिक संस्थानहरु भाडामा लिन पनि निजी क्षेत्रलाई आह्वान गरे । उनले हेडौडा कपडा कारखाना र बुटवल धागो कारखाना निजी क्षेत्रलाई भाडामा दिने सहमति गरिएको र केही दिन भित्रै त्यसलाई मन्त्रीपरिषदबाट पारित गराउने जानकारी दिए ।

अर्थमन्त्री खतिवडाले सरकारले स्वेदशी उत्पादनलाई प्रोत्साहन दिन भन्सार दरहरुमा पनि सहुलियत दिइएको बताए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ५ : ४८ बजे

पोखरामा विद्युत् तार भूमिगतको काम ६५ प्रतिशत सकियो

कास्की – पोखराको मुख्य बजार क्षेत्रमा अहिले बिजुलीको तार भूमिगत

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ९ बजे

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि

मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर अस्पताल भर्ना

क्वालालम्पुर – मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद मङ्गलबार आफ्नै निवासमा लडेर

आजको मौसम : तराईमा हुस्सुले जनजीवन प्रभावित

काठमाडौं – बुधबार बिहान लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा

पल्सर स्पोर्टस अवार्ड आज पोखरामा

पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को आयोजनामा हुन