कप्तान गुरुङ भन्छन् : यु–१८ साफ च्याम्पियनसिपमा ह्याट्रिक गर्छौं « Khabarhub

कप्तान गुरुङ भन्छन् : यु–१८ साफ च्याम्पियनसिपमा ह्याट्रिक गर्छौं


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको साफ यु–१८ टोलीले च्याम्पियनसिपको उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने लक्ष्य लिएको छ ।

काठमाडौंमा एन्फाले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेपाली राष्ट्रिय यू–१८ फुटबलका कप्तान जया गुरुङले तेस्रो संस्करणको साफ यु–१८ उपाधि जित्दै प्रतियोगितामा ह्याट्रिक गर्ने विश्वास ब्यक्त गरेका हुन् ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफको रंगशालामा भोलि (शुक्रबार) बाट सुरु हुने प्रतियोगिता अघि प्रि – म्याच कन्फरेन्समा बोल्दै कप्तान गुरुङले टिमको तयारी उत्कृष्ट रहेको कारण उपाधिमा ह्याट्रिक गर्ने लक्ष्य रहेको बताए ।

उनले पछिल्ला दुई संस्करणमा नेपालले जीत हात पारेको बताउँदै घरेलु मैदानमा पनि विजयी हुँदै ऐतिहासिक ह्याट्रिक गर्ने दावी गरे । ‘लगातार दुई संस्करणमा जीत हात पारिसकेका छौँ । अब यो संस्करणमा जीत हात पार्दै ह्याट्रिक गर्छौं’ , कप्तान गुरुङले भने ।

शुक्रबार दिउँसो ३ बजेदेखि शुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा आयोजक टोली नेपालसहित भारत, माल्दिभ्स, बंगलादेश, श्रीलंका र भुटान रहेका छन् । नेपालको समूहमा माल्दिभ्स र भुटान छन् भने समूह ‘बी’ मा भारत, बंगलादेश र श्रीलंका छन् ।

अन्य टोलीभन्दा राम्रो र सन्तुलित टोली रहेको बताउँदै नेपाली टोलीका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले नेपालले घरेलु मैदानको फाइदा उठाउने बताएका छन् ।

यता, यु–१८ साफ च्याम्पियनसिपमा भारतीय युवा टोलीको मुख्य प्रशिक्षक रहेका फ्लोय पिन्टोले आफ्नो टोलीले राम्रो खेल्ने बताएका छन् ।

उपाधि जित्ने लक्ष्यसहित नेपाल आएको भारतले प्रतियोगिताको पहिलो खेल बंगलादेशसँग खेल्दैछ । प्रशिक्षक पिन्टोले टोलीको अभ्यास राम्रो रहेको बताउँदै सबै टोली एउटै स्तरका भएपनि आफ्नो टोलीले राम्रो खेल्दै फाइनलसम्मको यात्रा तय गर्ने बताए ।

यस्तै, भारतीय कप्तान प्रभासाखन सिंह गिलले बंगलादेश राम्रो टोली रहेकाले सम्यम भएर खेल्ने बताएका छन् ।

यसैगरी, माल्दिभ्सका मुख्य प्रशिक्षक साज्ली मोहमदले आफ्नो टोलीले राम्रो अभ्यास गरेको बताएका छन् । ‘प्रतियोगिताको शुरुवाती खेल घरेलु टोलीसँग भएकाले केही अफ्ठ्यारो भएपनि आफ्नो टोली सन्तुलित भएका कारण हामीले राम्रो शुरुवात गर्ने छौं ,’ प्रशिक्षक साज्लीले भने,‘राष्ट्रिय टोलीका खेलाडी रहेकाले फाइनलसम्म पुग्छ ।’

यस्तै, कप्तान नासन नजिमले नेपालसँगको खेल निकै प्रतिस्पर्धात्मक हुने भएपनि राम्रो गर्दै अगाडि बढ्ने बताए । सागमा सहभागी अधिकाशं टोलीले प्रतियोगितामा उपाधि जित्ने दावी गरेका छन् ।

तर, नेपाली टोलीका प्रशिक्षक चेत नारायण श्रेष्ठले भने नेपाल र भारत प्रतियोगिताका बलिया दुई टोली रहेको बताएका छन् । नेपालकै समूहमा रहेको अर्को टोली भुटानले पनि आफ्नो राम्रो तयारी रहेको बताएको छ ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ६ : २८ बजे

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र