सरकार यही तरिकाले अघि बढे समृद्धिको सपना तुहिन्छः डा. भट्टराई « Khabarhub

सरकार यही तरिकाले अघि बढे समृद्धिको सपना तुहिन्छः डा. भट्टराई


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान संशोधन नभएसम्म संविधान दिवसको सार्थकता नहुने बताएका छन् ।

प्रतिनिधिसभाको बजेट अधिवेशनको अन्तिम बैठकलाई बिहीबार दलको तर्फबाट भनाइ राख्दै डा. भट्टराईले दुई तिहाईको सरकारले संविधान दिवसमा दीपावली गरे पनि विरोध नरोकिने बताएका हुन् ।

उनले संविधान आउनुपूर्व आन्दोलनरत शक्तिबीच भएको शक्ति र सामर्थ्यको आधारमा राज्य पुनरसंरचना गर्ने सहमतिअनुरुपका काम पूरा नहुँदासम्म द्वीप प्रज्वलन गर्ने र कालो दिवस मनाउने दुईथरी आवाज उठिरहने बताए ।

अध्यक्ष डा. भट्टराईले घुमाउरो तरिकाले अहिलेको संघीय संरचनाप्रति नै असन्तुष्ट व्यक्त गरे । अहिलेकै तरिकाबाट सरकार र दलहरु अगाडि बढे विकास र समृद्धिको सपना तुहिएर जाने उनको तर्क थियो ।

तेस्रो विश्वबाट अतिविकसित मुलुकको सूचीमा पुगेको सिंगापुरबाट नेपालले धेरै सिक्ने सक्ने बताउँदै बुद्धि बिगारे अफगानिस्तानको हालतमा देश पुग्न सक्नेतर्फ नेता भट्टराईले सरकारलाई सचेत गराएका थिए ।

सरकारकै गलत निर्णयकै कारण पञ्चायतमा झैं संविधान दिवस मनाउन फरमान जारी गर्नुपर्ने विचित्र स्थिति आएको नेता भट्टराईको धारणा थियो ।

उनले देशको कूल पूँजी २/३ सय ठूला व्यापारी परिवारको हातमा केन्द्रीत रहेको भन्दै सरकारको अर्थनीतिले यसलाई झनै प्रश्रय दिएको आरोप लगाएका थिए ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ६ : ४७ बजे

मोदी–ट्रम्प वार्ता : मध्यपूर्व सुरक्षा र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नेमा जोड

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद