संविधान दिवसमा चिडियाखाना प्रवेश शुल्कमा छुट « Khabarhub

संविधान दिवसमा चिडियाखाना प्रवेश शुल्कमा छुट


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– जावलाखेलस्थित सदर चिडियाखानाले अवलोकनका लागि आउनेलाई बिहीबारदेखि शनिबारसम्म प्रवेश शुल्कमा छुटको व्यवस्था गरेको छ ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ को अवसरमा चिडियाखाना व्यवस्थापन समितिले प्रवेश शुल्कमा छुट दिने निर्णय गरेको हो ।

चिडियाखानाका सूचना अधिकारी लिना चालिसेका अनुसार १२ वर्ष उमेरसम्मका बालबालिकालाई यस समयमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । तीन दिन अन्य सबै स्वदेशी र विदेशी नागरिकबाट रु ५० शुल्क लिइने छ । अन्य समयमा चिडियाखानाले सर्वसाधारणबाट रु १५०, विदेशीबाट रु ७५० र विद्यार्थीबाट रु ९० शुल्क लिने गरेको छ ।

अहिले दैनिक झण्डै पाँच हजार व्यक्ति अवलोकनका लागि आउने गरेको सूचना अधिकारी चालिसेले जानकारी दिइन् । चिडियाखानामा १२७ प्रजातिका एक हजार दुई १९ जीवजन्तु छन् ।

चिडियाखानाले गत आर्थिक वर्षमा अवलोकन गर्न आउनेहरुबाट रु १४ करोड आम्दानी गरेको थियो । । अघिल्लो आवमा अवलोकनकर्ताबाट रु १२ करोड आम्दानी भएको थियो । गत आवमा स्वदेशी र विदेशी गरी एक लाख व्यक्तिले चिडियाखानाको अवलोकन गरेका थिए ।

एक वर्षअघि भित्र्याइएको ‘रेड पाण्डा’ र ‘रिङटेल्ड लिमर’ अहिले भिडियाखानाका मुख्य आकर्षणका रुपमा रहेका छन् । पछिल्लो समय चिडियाखानाले जनावरलाई राख्न नयाँ घर बनाउने काम तीव्ररुपमा अघि बढाएको चालिसेले बताइन् ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ९ : ४४ बजे

मोदी–ट्रम्प वार्ता : मध्यपूर्व सुरक्षा र ‘स्ट्रेट अफ हर्मुज’ खुला राख्नेमा जोड

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद