कालो बजारी गर्ने पसलेलाई वाणिज्य विभागको कारबाही « Khabarhub

कालो बजारी गर्ने पसलेलाई वाणिज्य विभागको कारबाही


२ आश्विन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चाडबाडका समयमा उपभोक्तामाथि हुने ठगी बढ्ने भन्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनलाई व्यापक बनाएको छ ।

खाद्य पदार्थको अनुगमनलाई तीव्र बनाउँदै आएको विभागले केही दिनयता कपडा व्यापारीमाथि पनि निगरानी बढाउन थालेको हो । यसैक्रममा बिहीबार विभागको टोलीले तयारी पोशाकको ‘होलसेल’ मुख्य केन्द्र रहेको न्यूरोडको रञ्जना क्षेत्रमा छापा मारेको छ ।

अनुगमनका क्रममा मूल्य सूची नराखी तथा बिलबिजक जारी नगरी कारोबार गरेको पाइएपछि विभागको टोलीले चार वटा थोक पसलेमाथि जरिवाना गरेको छ । उनीहरुलाई प्रत्येकलाई रु ५०–५० हजारको जरिवाना गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।

प्रहरीसहित विभागको टोली अनुगमनमा आएको थाहा पाएपछि त्यस क्षेत्रका व्यापारीले अनुगमनको चर्को विरोध गर्दै गालीगलौजमा उत्रिएका थिए । व्यापारीले उपभोक्ता ठग्न पाउनुपर्छ भन्दै अनुगमन टोलीमाथि दुर्व्यहार गरेका थिए । उनीहरुले अनुगमन टोलीलाई अवरोध गर्ने प्रयास गरेका थिए ।

व्यापारीको अवरोधपछि विभागको आग्रहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले त्यस क्षेत्रमा प्रहरी नायब उपरीक्षक (डिएसपी) को नेतृत्वमा सुरक्षाकर्मी पठाएको थियो । सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखेपछि व्यापारी पछि हटेका थिए ।

पछिल्लो साता विभागको टोलीले बालाजु, गोङ्गबु, कलङ्की, कोटेश्वर, जावलाखेल, लगनखेल, बानेश्वरलगायतका फेन्सी पसलमा अनुगमन गरेको थियो । ती क्षेत्रका अनुगमनका क्रममा तयारी पोशाकमा उपभोक्ता चर्को ठगीमा परेको पाइएको विभागले जनाएको छ ।

तीनै व्यापारीले दिएको सूचनाका आधारमा बिहीबार विभागले तयारी पोशाकको होलसेल मानिएको न्युरोडको रञ्जना क्षेत्रमा अनुगमन गरेको हो । नजिकिँदो दशैँ, तिहारलगायत चाडबाडमा कपडा खरिदमा ठूलो धनराशी खर्च गर्ने हुँदा उपभोक्ता चर्को ठगीमा नपरुन् भनेर विभागले तयारी पोशाकका क्षेत्रमा अनुगमनलाई व्यापकता दिएको हो ।

प्रकाशित मिति : २ आश्विन २०७६, बिहीबार  ९ : ३१ बजे

पचास जनाले फिर्ता पाए हराएका मोटरसाइकल र स्कुटर

काठमडौं– नेपाल प्रहरीको खोजतलासपछि काठमाडौँ उपत्यकाका विभिन्न स्थान र मितिमा

कांग्रेसको १५औँ महाधिवेशन असोजमा

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन आगामी असोजमा गर्ने निर्णय

नयाँ जनादेश आउँदासमेत दुबै संसद् भवन अलपत्र, सरकारले तिरेन सम्मेलन केन्द्रको भाडा 

परम्परागत चलन अनुसार बुधबार ज्येष्ठ प्रतिनिधिसभा सदस्य अर्जुननरसिंह केसीले पद