जुकरबर्गको उद्घोष : फेसबुक अब विश्वको पाँचौँ अंग « Khabarhub

जुकरबर्गको उद्घोष : फेसबुक अब विश्वको पाँचौँ अंग


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फेसबुकका संस्थापक तथा सिईओ मार्क जुकरबर्गले फेसबुक अब विश्वको पाँचौँ अंगको रुपमा स्थापित भएको उद्घोष गरेका छन् ।

सामाजिक सञ्जालको कारण आज आम सर्वसाधारणको हातमा सत्ता रहेको बताउँदै उनले भनेका छन्, ‘मानिसहरु आफ्नो अभिव्यक्ति सामाजिक सञ्जालको माध्यमबाट संसारभर पुर्‍याउन सफल भएका छन् ।’

उनले अब मानिसहरुलाई आफ्नो अभिव्यक्ति व्यक्त गर्नका लागि कुनै दोस्रो प्लेटफर्म अर्थात विकल्प आवश्यक नरहेको बताएका छन् ।

वाशिंगटनस्थित जर्जटाउन युनिभर्सिटीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले फेसबुक जस्तो सामाजिक सञ्जालबाट मानिसहरुले आफ्नो अभिव्यक्ति राख्न सकेको बताए ।

जुकरबर्गले समाजमा हिंसा तथा नकरात्मक असर पार्ने पोस्टहरुलाई फेसबुकले समर्थन नगर्ने पनि स्पष्ट पारे । यसका साथै राजनीतिक उद्देश्यका लागि गरिने विज्ञापनका विषयमा कम्पनीले तथ्यहरुको जाँच नगर्ने तर, नेताहरुको सहयोगका लागि यस्ता गतिविधि नगरिने स्पष्ट पारे ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ४ : ४१ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा