आलम मुद्दाबारे देउवाको स्पष्टीकरण– कांग्रेस अनुसन्धानको विपक्षमा उभिँदैन « Khabarhub

आलम मुद्दाबारे देउवाको स्पष्टीकरण– कांग्रेस अनुसन्धानको विपक्षमा उभिँदैन


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मोहम्मद अफताव आलामको मेद्दामा पूर्वाग्रह र दवावमुक्त रहेर अनुसन्धान भए कांग्रेसको सहयोग रहने बताएका छन् ।

निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति हुन नहुने कांग्रेसको प्रस्ट मान्यता रहेको देउवाको भनाइ छ ।

नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा भक्तपुरमा आयोजित प्रशिक्षण कार्यक्रममा व्यक्त धारणाले केही अन्यौल र अस्पस्टता पारेको भन्दै देउवाले त्यसलाई चिर्न भन्दै विज्ञप्ति जारी गरेका छन् ।

‘कुनै पनि गम्भीर मुद्दामा प्रकृयागत ढिलासुस्ती हुँदा त्यसले निर्दोष सावित हुने या दोषी ठहर हुने सत्यतथ्य अन्वेषण गर्ने कार्यमा बाधा पुग्छ नै’ देउवाले विज्ञप्तिमा भनेका छन्,‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ । तर कानूनी राज्यमा विश्वास गर्ने नेपाली कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।’

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ४ : ५० बजे

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि

दुई सातादेखि बेपत्ता थिङको शव फेला

काठमााडौं- विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं- नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको