मोबाइल फोनसँग जोडिएका केही तथ्यहरु, पहिलो मोबाइल कुन थियो ? | Khabarhub Khabarhub

मोबाइल फोनसँग जोडिएका केही तथ्यहरु, पहिलो मोबाइल कुन थियो ?


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अहिले सूचना र प्रविधिले विश्वलाई साँघुरो बनाइदिएको छ । विश्वका जुन कुनै ठाउँमा घटेका घटना सूचना–प्रविधिका कारण तत्काल थाहा पाउन सकिन्छ ।

त्यसमा पनि स्मार्टफोनको विकाससँगै यसको प्रयोगले पाएको व्यापकताले हरेक व्यक्ति संसारको जुन कुनै ठाउँमा रहेको अर्को व्यक्तिसँग सहज रुपमा नजिक बन्न पुगेको छ ।

यस्तो सुविधा मोबाइल फोनको विकासले प्राप्त भएको हो । मोबाइल फोनको विकास र यसले पाएको व्यापकतासँग जोडिएका केही तथ्यहरु जानी राखौँ ।

१) विश्वमा मोबाइलको शुरूवात भएको देश – अमेरिका

२) मोबाइलका पिता – मार्टिन कुपर

३) मोबाइल उत्पादन गर्ने पहिलो कम्पनी – मोटोरोला

४) पहिलो मोबाइल उत्पादन भएको मिति – सन् १९७३

५) केन्टकीमा पहिलो बिना तारको टेलिफोनलाई अमेरिकी पेटेन्ट प्रदान गरिएको मिति – सन् १९०८

६) शुरुका मोबाइल फोनहरुलाई के भनिन्थ्यो ? -(Zero Generation) मोबाइल फोन

७) मोटोरालाले पहिलो व्यापारिक मोबाइल फोन सार्वजनिक गरेको मिति – सन् १९८३

८) बेलायतमा पहिलोपटक मोबाइलमा कुराकानी भएको मिति – सन् १९८५

९) बेलायतमा मोबाइल फोन बिक्री शुरु भएको मिति – सन् १९८७

१०) पहिलो पटक मोबाइल फोनमा VOICE MAILको सुविधा थपिएको मिति -सन् १९८६

११) विश्वको पहिलो HAND-SET मोबाइल फोन आएको (यो मोटोरोला कम्पनीको थियो) मिति -सन् १९९२

१२) IBM को ‘साईमन’ मोबाइल सार्वजनिक भएको (यो नै विश्वको पहिलो Smart Phone थियो) मिति -सन् १९९३

१३) CAMERA युक्त मोबाइल फोन बनाउने पहिलो व्यक्ति फिलिप्पे काह्नन (फ्रान्स, सन् १९९७)

१४) MMS सेवा शुरूवात भएको मिति – सन् २००१

१५)1G को पुर्ण रुपमा स्वचालित सेलुलर नेटवर्क शुरु भएको मिति – सन् १९८० को मध्यतिर

१६)2G मोबाइलको शुरूवात भएको मिति – सन् १९९३, फिनल्यान्ड

१७) मोबाइलमा TEXT MESSAGE AND DATA SERVICE शुरु भएको मिति – सन् १९९३, फिनल्यान्ड

१८)3G मोबाइल फोनको शुरूवात भएको मिति – सन् २००१

१९) 4G मोबाइल फोनको आरम्भ भएको मिति – सन् २०१२ को उत्तरार्ध, बेलायतबाट

नेपालमा मोबाइल फोनको इतिहास:

१) नेपालमा GSM मोबाइल फोनको परीक्षण भएको मिति – वि.सं. २०५६ बैशाख ०१

२) GSM मोबाइल फोन बितरण प्रारम्भ भएको मिति – २०५६ बैशाख ३०

३) नेपालमा त्यसबेला भित्र्याईएको मोबाइल फोन – नर्टेल कम्पनीको , 1G (प्रथम पुस्ता) को फोन

४) नेपाल दुरसञ्चार संस्थान नेपाल टेलिकममा परिवर्तन भएको मिति – वि.सं. २०६१

५) नेपाल दुरसञ्चार संस्थानलाई GSM मोबाइल सेवा सञ्चालनको लागि औपचारिक अनुमति प्रदान गरिएको मिति – २०५६ बैशाख २९

६) PRE-PAID मोबाइल सेवा वितरण शुरु भएको मिति – २०६० भदौ ६

७) मोबाइल फोनमा INCOMING CALLनिशुल्क गरिएको मिति – २०६२ जेठ २३

८) NEPAL TELECOM ले CDMA प्रविधिको मोबाइल सञ्चालनमा ल्याएको मिति – २०६१ कार्तिक ०१

९) निजी क्षेत्रको कम्पनी SPICE NEPAL(हालको NCELL) ले GSM MOBILE फोन वितरणको लागि स्वीकृती पाएको मिति -२०६२

१०) GSM Mobile को नम्बर ०९ अंकको बाट १० अंकको बनाइएको मिति – २०६१ बैशाख ०१

११) ७५ ओटै जिल्लामा मोबाइलको कभरेज पुगेको मिति – वि.सं. २०६५

१२) नेपाल टेलिकमले 3G सेवा परीक्षण सञ्चालनमा ल्याएको मिति -२०६४ जेठ ०३

१३) नेपालमै पहिलोपटक नेपाल टेलिकमले 4G सेवा सुरु गरेको मिति – वि.सं. २०७३ पुस १७

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ५ : ४९ बजे

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण

पोखरामा एक बालकको शव फेला

पोखरा – पोखराको फुस्रे खोलामा आज साँझ एउटा बालकको शव

हिउँद सुरु भएपछि आगलागीबाट ९६ जनाको मृत्यु, दुई अर्ब बढीको क्षति

काठमाडौं– हिउँद याम सुरु भएसँगै लामो समयसम्म वर्षा नभएपछि आगलागीका

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ