मोबाइल फोनसँग जोडिएका केही तथ्यहरु, पहिलो मोबाइल कुन थियो ? « Khabarhub

मोबाइल फोनसँग जोडिएका केही तथ्यहरु, पहिलो मोबाइल कुन थियो ?


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अहिले सूचना र प्रविधिले विश्वलाई साँघुरो बनाइदिएको छ । विश्वका जुन कुनै ठाउँमा घटेका घटना सूचना–प्रविधिका कारण तत्काल थाहा पाउन सकिन्छ ।

त्यसमा पनि स्मार्टफोनको विकाससँगै यसको प्रयोगले पाएको व्यापकताले हरेक व्यक्ति संसारको जुन कुनै ठाउँमा रहेको अर्को व्यक्तिसँग सहज रुपमा नजिक बन्न पुगेको छ ।

यस्तो सुविधा मोबाइल फोनको विकासले प्राप्त भएको हो । मोबाइल फोनको विकास र यसले पाएको व्यापकतासँग जोडिएका केही तथ्यहरु जानी राखौँ ।

१) विश्वमा मोबाइलको शुरूवात भएको देश – अमेरिका

२) मोबाइलका पिता – मार्टिन कुपर

३) मोबाइल उत्पादन गर्ने पहिलो कम्पनी – मोटोरोला

४) पहिलो मोबाइल उत्पादन भएको मिति – सन् १९७३

५) केन्टकीमा पहिलो बिना तारको टेलिफोनलाई अमेरिकी पेटेन्ट प्रदान गरिएको मिति – सन् १९०८

६) शुरुका मोबाइल फोनहरुलाई के भनिन्थ्यो ? -(Zero Generation) मोबाइल फोन

७) मोटोरालाले पहिलो व्यापारिक मोबाइल फोन सार्वजनिक गरेको मिति – सन् १९८३

८) बेलायतमा पहिलोपटक मोबाइलमा कुराकानी भएको मिति – सन् १९८५

९) बेलायतमा मोबाइल फोन बिक्री शुरु भएको मिति – सन् १९८७

१०) पहिलो पटक मोबाइल फोनमा VOICE MAILको सुविधा थपिएको मिति -सन् १९८६

११) विश्वको पहिलो HAND-SET मोबाइल फोन आएको (यो मोटोरोला कम्पनीको थियो) मिति -सन् १९९२

१२) IBM को ‘साईमन’ मोबाइल सार्वजनिक भएको (यो नै विश्वको पहिलो Smart Phone थियो) मिति -सन् १९९३

१३) CAMERA युक्त मोबाइल फोन बनाउने पहिलो व्यक्ति फिलिप्पे काह्नन (फ्रान्स, सन् १९९७)

१४) MMS सेवा शुरूवात भएको मिति – सन् २००१

१५)1G को पुर्ण रुपमा स्वचालित सेलुलर नेटवर्क शुरु भएको मिति – सन् १९८० को मध्यतिर

१६)2G मोबाइलको शुरूवात भएको मिति – सन् १९९३, फिनल्यान्ड

१७) मोबाइलमा TEXT MESSAGE AND DATA SERVICE शुरु भएको मिति – सन् १९९३, फिनल्यान्ड

१८)3G मोबाइल फोनको शुरूवात भएको मिति – सन् २००१

१९) 4G मोबाइल फोनको आरम्भ भएको मिति – सन् २०१२ को उत्तरार्ध, बेलायतबाट

नेपालमा मोबाइल फोनको इतिहास:

१) नेपालमा GSM मोबाइल फोनको परीक्षण भएको मिति – वि.सं. २०५६ बैशाख ०१

२) GSM मोबाइल फोन बितरण प्रारम्भ भएको मिति – २०५६ बैशाख ३०

३) नेपालमा त्यसबेला भित्र्याईएको मोबाइल फोन – नर्टेल कम्पनीको , 1G (प्रथम पुस्ता) को फोन

४) नेपाल दुरसञ्चार संस्थान नेपाल टेलिकममा परिवर्तन भएको मिति – वि.सं. २०६१

५) नेपाल दुरसञ्चार संस्थानलाई GSM मोबाइल सेवा सञ्चालनको लागि औपचारिक अनुमति प्रदान गरिएको मिति – २०५६ बैशाख २९

६) PRE-PAID मोबाइल सेवा वितरण शुरु भएको मिति – २०६० भदौ ६

७) मोबाइल फोनमा INCOMING CALLनिशुल्क गरिएको मिति – २०६२ जेठ २३

८) NEPAL TELECOM ले CDMA प्रविधिको मोबाइल सञ्चालनमा ल्याएको मिति – २०६१ कार्तिक ०१

९) निजी क्षेत्रको कम्पनी SPICE NEPAL(हालको NCELL) ले GSM MOBILE फोन वितरणको लागि स्वीकृती पाएको मिति -२०६२

१०) GSM Mobile को नम्बर ०९ अंकको बाट १० अंकको बनाइएको मिति – २०६१ बैशाख ०१

११) ७५ ओटै जिल्लामा मोबाइलको कभरेज पुगेको मिति – वि.सं. २०६५

१२) नेपाल टेलिकमले 3G सेवा परीक्षण सञ्चालनमा ल्याएको मिति -२०६४ जेठ ०३

१३) नेपालमै पहिलोपटक नेपाल टेलिकमले 4G सेवा सुरु गरेको मिति – वि.सं. २०७३ पुस १७

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ५ : ४९ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित