हिंसात्मक प्रदर्शनपछि चिलीमा संकटकाल घोषणा | Khabarhub Khabarhub

हिंसात्मक प्रदर्शनपछि चिलीमा संकटकाल घोषणा


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सान्टियागो – चिलीको सान्टियागो राज्यमा संकटकालको घोषणा गरिएको छ । मेट्रो टिकटको मूल्यबृद्धि भएको विरोधमा हिंसात्मक आन्दोलन भएको भोलीपल्ट चिलीका राष्ट्रपति सेबास्टीअन पिनेराले शुक्रबार संकटकालको घोषणा गरेका हुन् ।

संकटकाल घोषणासँगै सुरक्षाको जिम्मेबारी सेनालाई दिइएको अधिकारीहरुले बताएका छन् । शुक्रबार भएको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीकाबीचमा धेरै ठाउँमा झडप भएको थियो । प्रदर्शनकारीले स्टेशन र सवारी साधनहरुमा आक्रमण गरेर क्षति पुर्‍याएका छन् ।

प्रदर्शनकारीको तोडफोडका कारण कम्तीमा १६ वटा बस र दर्जनौ स्टेशनहरु क्षतिग्रस्त भएका छन् ।

मध्यरातमा राष्ट्रपति पिनेराले संकटकाल लागू भएको घोषणा गरेका हुन् । उनले अहिलेलाई १५ दिनका लागि मात्रै संकटकाल लागूहुने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ६ : २० बजे

तीन उद्योगले तिरे ‘डेडिकेटेड’ तथा ‘ट्रङ्कलाइन’को विद्युत् महसुल बक्यौता किस्ता

काठमाडौं – डेडिकेटेड तथा ट्रङ्कलाइनबाट विद्युत् उपभोग गरेका उद्योगले प्रिमियम

बोटमै जुनार कुहिन थालेपछि कृषक चिन्तित

सिन्धुली – जिल्लाकै सबैभन्दा बढी जुनार उत्पादन हुने गोलञ्जोर गाउँपालिकाका

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण