नेपाललाई समृद्ध बनाउन भूमिका खेल्ने एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुको प्रतिबद्धता « Khabarhub

नेपाललाई समृद्ध बनाउन भूमिका खेल्ने एनआरएनएका नवनिर्वाचित पदाधिकारीहरुको प्रतिबद्धता


२ कार्तिक २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गैर आवासीय नेपाली संघ (एनआरएनए) का नवनिर्वाचित पदाधिकारीहरुले नेपाललाई समृद्ध बनाउनको लागि आफ्नो प्रतिबद्धता जनाएका छन् ।

शनिबार राजधानिमा आयोजित एक कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

 नवनिर्वाचित अध्यक्ष कुमार पन्त, उपाध्यक्षत्रय सोनाम लामा, मन केसी र अर्जुनकुमार श्रेठ, महासचिव डा. हेमराज शर्मा, सचिव आर.के. शर्मा, सह–कोषाध्यक्ष लोक दाहाल, एशिया प्यासिफिक डेपुटी रिजनल कोअर्डिनेटर खगेन्द्र न्यौपाने, अमेरिका क्षेत्रिय महिला संयोजक उमा कार्कीथापालगायतले मुलुक समृद्ध बनाउनको लागि गैरआवासीय नेपालीले भूमिका खेल्ने बताए ।

कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष कुमार पन्तले मुलुक समृद्ध बनाउनको लागि गैरआवासीय नेपालीहरुले अहम भूमिका खेल्दै आएकोले आगामी दिनमा नेपालको विकास र समृद्धिको लागि झन ठूलो योगदान पुर्याउने विश्वास दिलाए । 

उनले भने,‘हामी यो देशको विकासमा केही गर्छौं भनेर लागिरहेका छौं । नयाँ भिजनसहित हाम्रो फ्रेश टिम निर्वाचित भएर आएको छ ।’

पन्तले आफूहरुसँग अत्यन्त छोटो समय रहेकोले आफ्नो २ वर्षे कार्यकालमा यसअघि गरेका वाचा तथा प्रतिबद्धताहरु पूरा गरेरै छोड्ने पनि स्पष्ट पारे । 

उनले भने,‘हामीसँग अब टाईम लिङगरिङ गर्ने छुट छैन् । यो २४ महिनामा हामीले गरेका सबै वाचा तथा प्रतिबद्धताहरु पूरा गर्नुपर्छ । हामी आजैबाट दत्तचित्त भएर लागिपरेका छौं ।’ 

अध्यक्ष पन्तले मुलुकमा रोजगारीको अवसर सिर्जना लागि एनआरएनएले ठूलो भूमिका निर्वाह गर्ने पनि बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७६, शनिबार  ९ : ४८ बजे

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि

दुई सातादेखि बेपत्ता थिङको शव फेला

काठमााडौं- विगत दुई सातादेखि हराइरहेका मकवानपुरको राक्सिराङ गाउँपालिका–५ निवासी ६१

सुशीलापछि बालेनलाई पनि आयो दलाई लामाका प्रधानमन्त्रीको बधाई

काठमाडौं- नेपालको एक चीन नीतिमाथि प्रश्न उठिरहेका बेला गत भदौको