दुब्लो व्यक्तिमा हुनसक्छ यस्तो रोग, कसरी मोटाउने ? « Khabarhub

दुब्लो व्यक्तिमा हुनसक्छ यस्तो रोग, कसरी मोटाउने ?


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

‘ओए कस्तो दुब्लाएकी ?, खाना नै खादैनौं कि के हो ? डाइटिङमा हो कि के हो ?’

माथिका प्रश्नले वास्तविक दुब्लो महशुस गर्ने व्यक्तिलाई निकै पीडा दिन्छ । मोटाउन चाहेर पनि कतिको शरीरको तौल बढ्दैन । जसले गर्दा यस्ता प्रश्नहरुले दुब्लो–पातलो मानिसलाई दिक्क लगाउँछ । मािनसहरुका यी प्रश्नले पनि दुब्ला व्यक्तिमा मोटाउने चाहना बढ्छ ।

हेर्दा मात्र कहाँ होर, दुब्ला व्यक्तिलाई सपिङ गर्न जाँदा पनि सामान किन्नै समस्या हुन्छ । मनपरेका कपडाहरु सबै ठूलो भइदिन्छन् । यस्तो समस्याबाट तपाईहरु पनि पीडित हुनुभएको छ होला ।

खासमा युवा युवतीहरु किन दुब्लो हुन्छन् ? आज हामी तपाईलाई यस विषयमा जानकरी दिदैछौं ।

दुब्लोपनको विभिन्न कारणहरु छन् । गर्भअवस्थामा आमालाई पौष्टिक तत्व नपुगेमा दुब्लो तौल भएको शिशू जन्मन्छन् ।

सामान्यतया साढे दुई केजी भन्दा कम तौल भएको शिशू जन्मिका उसलाई दुब्लो शिशू भन्न सकिन्छ । यस्तै जन्मिएपछि आमाको दुध कम भएमा पनि बालबालिकाको तौल घट्छ । आमाको दुध पर्याप्त नहुँदा बालबालिकाको रोगसँग लड्ने क्षमता कम हुन्छ र दुब्लाउछन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको एक रिपोर्टमा पछिल्लो समय जंग फुट (चाउचाउ, विस्कुट लगायतका बाहिरी खाना) का कारण बालबालिका दुब्लाउँदै गएका छन् । बालबालिकामा पोषणको कमी भएका उनीहरु दुब्लो हुन्छन् ।

तर बालबालिकामा मात्र होइन युवाअवस्थामा खाइलाग्यो हुनुपर्ने ज्यान आजभोलिका युवामा पनि देखिदैन । दुब्लो भएकै कारण धेरै युवायुवती चिन्तित छन् । आफूले खाना खाइरहे पनि किन मोटाउदिन भनेर धेरै व्यक्तिले सोच्नुभएको होला । तर तपाईले ख्याल नै गर्नुभएको छैन कि ?

तपाईले खाने खानामा तपाईको लागि पोषणतत्व नै कम छ कि । वा छिटो र मिठो खाने नाममा तपाई पेट भर्न मात्र खाइरहनु भएको छ कि । पोषणविद्हरुका अनुसार आजभोली युवायुवतीहरु पोषणतत्व मिलेको खाना भन्दापनि भोक टार्न अघाउने खाना मात्रै खान थालेका छन् । जसले गर्दा शरीरलाई चाहिने क्यालरी नपुग्दा युवायुवतीहरु दुब्लाउँदै गएका छन् ।

सामान्यतया वयस्क व्यक्तिलाई दैनिक १८ सय देखि २ हजारसम्म क्यालोरी चाहिन्छ । दैनीक खाने खानमा उक्त परिमाणको क्यालोरी प्राप्त गर्न भएन भने मानिस मोटाउन सक्दैन ।

मोटो हुँदा मात्रै होइन दुब्लो व्यक्तिमा पनि समस्याहरु आउछ । उचाई अनुसारको तौल कम हुँदै जानुमा  व्यक्तिमा क्यान्सरदेखि टिबी र एचआईभी सम्मका रोगहरु लागेको हुनसक्ने पोषणविदहरु बताउँछन् ।

दुब्लो व्यक्तिमा हुने समस्या

–शारीरिक रुपमा कमजोर हुन्छन्,

–दैनिक रुपमा सहज रुपमा काम गर्न सक्दैनन्,

–इन्फेक्सनको खतरा हुनसक्छ,

–शरीरमा रोग हुनुसक्छ,

–भोक लाग्दैन,

–पेट सम्बन्धि रोग लागेको हुनसक्छ,

–क्यान्सर भएको हुनसक्छ,

–जुका, टिभी, एचआईभी,

कसरी मोटाउने ?

– क्यालोरी प्रयाप्त भएका खाना मात्रा मिलाएर खाने,

–प्रोटिन भएको खाना नियमित खाने,

–कार्बोहाइड्रेट युक्त खाना खाने,

–दिनको ३ छाक खाने,

–फ्याट भएको दुध खाने,

– स्वस्थ र गुणस्तरीय खाना खाने,

– चिज, आलु, फापर खाने,

– माछा, माछु खाने ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १० : ५३ बजे

पेन्टागनले एसएम–६ क्षेप्यास्त्र उत्पादन बढाउन रेथियोनसँग २४ अर्ब डलरको सम्झौता गर्ने

एजेन्सी– अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानविरुद्धको युद्धमा खर्च भएको हतियारको

साताको अन्तिम दिन पनि घटेर बन्द भयो नेप्से

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज साताको अन्तिम कारोबार दिन

दोलखा कांग्रेसका दुवै पक्षलाई अधिवेशनको चटारो

दोलखा- दोलखामा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको तयारी तीव्र छ ।

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा सम्पन्न, शेयरधनीको १० प्रतिशत लाभांश पारित

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा शुक्रबार काठमाडौंको

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू