जाडोमा कसरी स्वस्थ रहने ? | Khabarhub Khabarhub

जाडोमा कसरी स्वस्थ रहने ?


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जतिजति चिसो बढ्दै जान्छ, उतिउति तपाईंको स्वास्थ्य सन्तुलित राख्न कठिन हुँदै जान्छ । जाडोमा स्वस्थ कसरी रहने भन्ने धेरैको चिन्ता हुनसक्छ । जाडोबाट लाग्ने रोगबाट बच्नको लागि केही टिप्स यहाँ प्रस्तुत गरेका छौं-

बाहिरी चिसो वातावरणले गर्दा तपाईंलाई नियमित व्यायामको तालिका अनुसरण गर्न पनि चुनौती हुन्छ । त्यसैगरी घरमै बसिरहन मन लाग्छ र भोक पनि बढी लाग्छ । यस्तोमा स्वस्थ कसरी रहने त ?

उपाय
१) फ्लुबाट बच्नुहोस

जाडोमा स्वस्थ रहने उत्तम उपाय फ्लुबाट बच्ने तरिका अपनाउनुहोस् र रोग लागिहालेमा सावधानी अपनाउनुहोस् ।
– हात बारम्बार मुख तथा नाकतर्फ गइरहने हुँदा हात धुने कुरामा सचेत रहनुहोस् ।
– संक्रमितको वरिपरि नजानुहोस् ।
– फ्लुले ग्रस्त हुनुहुन्छ भने बाहिर नजानुहोस् ।
– बच्नका लागि भ्याक्सिन लिन सक्नुहुनेछ ।
– भिडभाडमा नजानुहोस् ।

२) प्रशस्त झोलिलो पदार्थ खानुहोस

जाडोमा अधिकांश मानिस पानी पिउन बिर्सन्छन् । जाडोमा दिनभर पानी नपिउने र चिया मात्र पिउँदै हिँड्नुहुन्छ भने झन् जोखिम हुन्छ । त्यसैले प्रशस्त पानी, सुप, हर्बल चिया, अदुवा चिया पिउनुहोस् ।

३) घरभित्रै भए पनि व्यायाम

चिसो बढ्दै छ भनेर नआत्तिनुहो्स । मर्निङवाक जान सकिएन भने पनि घरभित्रै बसेर पनि कम्तीमा आधा घण्टा उफ्रिनुहोस् । टिभी वा मोबाइल हेरेर योग गर्न सक्नुहुन्छ । चिसोबाट बच्न पनि व्यायामको माध्यमबाट शरीरलाई तताउनु जरुरी छ ।

४) बाहिर जाने नै हो भने न्यानो लुगामा ध्यान दिनुहोस् ।

घरभित्रको व्यायामले पुग्दैन, बाहिर जानु नै हुन्छ भने शरीरलाई तात्ने गरी टाउकोसम्मै न्यानो लुगा छान्नुहोस् । जाडोमा न्यानो लुगा नलगाई हिँड्दा हाइपोथर्मिया हुन्छ भने धेरै लुगा लगाउँदा व्यायाम गर्न असहज हुन्छ । त्यसैले बाहिर व्यायाम गर्न जानुहुन्छ भने न्यानो र सहज लुगा रोज्नुहोस् ।

५ छालाको विशेष हेरचाह गर्नुस्

लुगा धेरै लगाउनुपर्ने, हिटरमा बस्नुपर्ने आदि कारणले गर्दा छाला सुक्खा भएर जाडोमा हैरान हुन्छ । छाला सुक्खा हुने र क्य्राक हुनाले छालालार्ई मोइस्चर्ज राख्नु जरुरी छ । छालाको सरसफाइमा पनि ध्यान दिनुपर्छ । धेरै तातोपानीले ननुहाउने, मनतातो पानीले मात्र नुहाउने गर्नुहोस् । नुहाउनासाथ तेल तथा लोसन लगाउन नबिर्सिनुहोस् ।

६) मौसमी खाना खानुहोस्

– हरिया सागसब्जीसहितको मौसमी भेजिटेबलको सुप खानुहोस् ।
– जाडोमा तातो, कडा खान मनलाग्छ, तर चिल्लो, नुनिलो गुलियो नखानुहोस् ।

७) रिल्याक्स

जति स्ट्रेस लिनुहुन्छ, त्यति नै फ्लु तथा कोल्ड भाइरसले सताउँछ । त्यसैले दिनभर आनन्दित हुनुहोस् । शरीरलाई माया गर्न नबिर्सनुहोस् ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : १६ बजे

ओलीले भने- शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस्

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले

अक्टोबर ७ का ‘नायक’ विपिनको इजरायलबाट अन्तिम बिदाइ (तस्बिरहरू)

तेलअभिभ- हमासको कब्जामा रहेर ज्यान गुमाएका नेपाली बन्धक विपिन जोशीको

ज्येष्ठ नागरिकका लागि हवाई टिकटमा ८० प्रतिशतसम्म छुटको व्यवस्था

काठमाडौं– नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई यात्रा गर्ने ज्येष्ठ नागरिकका

शिवम् होल्डिङ्सको चौथो वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– शिवम् सिमेन्ट्स लिमिटेडको सहायक कम्पनी शिवम् होल्डिङ्स लिमिटेडको चौथो

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर– यहाँस्थित कचनकवल गाउँपालिका–२ मा करेन्ट लगाएर माछा मार्ने क्रममा