हंगेरीलाई हराउँदै वेल्स युरोकपमा छनोट  « Khabarhub

हंगेरीलाई हराउँदै वेल्स युरोकपमा छनोट 


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  युरोकपमा छनोट अन्तर्गत हंगेरीलाई हराउँदै वेल्स यूरोकपमा छनोट भएको छ ।  मंगलबार राति भएको खेलमा हङ्गेरीलाई २–० गोल अन्तरले पराजित गर्दै वेल्स युरोकपमा छनोट भएको हो ।

वेल्सलाई युरोकपमा छनोट हुन जित्नैपर्ने दबाब थियो । आरोन राम्सीको गोलमा वेल्सले सहज जित हात पारेको हो । राम्सीले दुई गोल गर्दै वेल्सलाई अर्को बर्ष हुने प्रतियोगितामा छनोट गराए । १५ औ मिनेटमा पहिलो गोल गरेका उनले ४७ औ मिनेटमा दोस्रो गोल थपेका थिए ।

समूह ईको खेलमा वेल्सले ८ खेलबाट १४ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । शीर्ष स्थानको क्रोएसिया १७ अक सहित पनि युरोकपमा छनोट भयो ।

वेल्सको जितले स्लोभाकियाको युरोकप छनोटको सम्भावना सकियो । वेल्सको हार र बराबरीले मात्र स्लोभाकियालाई युरोकपमा पुर्याउने निश्चित थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ६ : ४१ बजे

‘विकासका लागि सबै जिम्मेवार बन्नुपर्छ’

काठमाडौं– मुलुकको विकास र समृद्धिका लागि राजनीतिक दललगायत सबै जिम्मेवार

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं– काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा दुई जनाको मृत्यु

रास्वपालाई यी १९ जिल्लाको भर, समानुपातिकमा ठूलो भूगोल छुट्दा पहिलो दल हुनै मुस्किल

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको

यस्तो छ, समानुपातिकको बन्द सूची

काठमाडौं– निर्वाचन आयोगमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको

युएई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युएई पठाइदिन्छु भन्दै रकम ठगी