युरोकप छनोट : बेल्जियमको शानदार जीत, साइप्रस ६-१ गोल अन्तरले पराजित « Khabarhub

युरोकप छनोट : बेल्जियमको शानदार जीत, साइप्रस ६-१ गोल अन्तरले पराजित


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोकप छनोटमा बेल्जियमले शानदार जित निकालेको छ । मंगलबार राति भएको खेलमा बेल्जियमले साईप्रसलाई ६–१ गोल अन्तरले हराएको हो ।

समूह चरणको अन्तिम खेलमा शानदार जित सहित बेल्जियमले युरो छनोटलाई बिदा गरेको छ । टिम यसअघिनै युरोकपमा छनोट भईसकेको छ ।

बेल्जिमयले छनोट प्रतियोगितामा शतप्रतिशत जित निकल्न सफल बन्यो । उसले १० खेलबाट ३० अंक जोड्न सफल रह्यो । साईप्रस १० अंक सहित चौथो स्थानमा रह्यो ।

बेल्जिमयको जितमा केभिन डी ब्रुईन र क्रिस्टियन बेनटेकले समान दुई तथा यानिक कारास्कोले एक गोल गरे । बेल्जियमले क्रिपरोस क्रिस्टोफोरोबाट एक गोल आत्मघाति उपहार पाएको थियो ।

खेलमा अग्रता साईप्रसले १४ औ मिनेटमा निकोलस एनोउसको गोलबाट लिएको थियो । त्यसको दुई मिनेटपछि बेनटेकले गोल गर्दै बेल्जियमलाई खेलमा फर्काएका थिए । ब्रोईनले ३५ औ मिनेटमा बेल्जियमलाई अघि बढाउने काम गरे ।

४१ औ मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै उनले बेल्जियमलाई ३–१ को स्थितिमा पुर्‍याएका थिए । ४४ औ मिनेटमा कारास्कोले बेल्जियमका लागि चौथो गोल गरे ।

क्रिस्टोफोरोले ५१ औ मिनेटमा आत्मघाति गोल गरेपछि बेल्जियम ५–१ ले अघि बढेको थियो । ६७ औ मिनेटमा बेनटेकले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई फराकिलो जित दिलाउने काम गरे ।

रोबर्टो मार्टिनेजको टिम बेल्जियमले युरो छनोटमा ४० गोल गर्न सफल रह्यो । र सबै १० खेलमा जित हासिल गर्‍यो।

बेल्जियमले अहिलेसम्म साईप्रससंग हारेको छैन । विश्वकपमा तेस्रो स्थान हासिल गरेको बेल्जिमयले पछिल्ला १६ खेल मध्य १४ खेलमा जित निकालेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ७ : १५ बजे

एमाले महाधिवेशनः प्रतिनिधि विवाद टुङ्गियो

काठमाडौं – नेकपा (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि

राजधानीको यातायात सुधारका लागि आचार्यका १२ सुझाव

काठमाडाैं । देशकै राजधानी तथा अधिकाशं अग्रणी निकाय अवस्थित काठमाडौं

जिल्ला न्यायाधीशको लिखित परीक्षामा २७ जना उत्तीर्ण

काठमाडौं- नेपाल सरकारका७ जना उपसचिवसहित ५६ जना अधिकृत स्तरका कर्मचारीको

नेकपाले ५ पुसमा भृकुटीमण्डपमा एकता सन्देश सभा गर्ने

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले आगामी पुस ५ गते भृकुटीमण्डपमा

राजेन्द्र पौडेल नेपाल सरकारको सचिवमा बढुवा

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रवक्तासमेत रहेका सहसचिव राजेन्द्र पौडेल सचिव