सर्ज गन्ब्रीको ह्याट्रिकले जर्मनीको सहज जीत « Khabarhub

सर्ज गन्ब्रीको ह्याट्रिकले जर्मनीको सहज जीत


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोकप छनोट खेलमा नर्दन आयरल्याण्डविरुद्ध जर्मनीले शानदार जित आत्मसाथ गरेको छ। जर्मनीले नर्दन आयरल्याण्डलाई ६–१ गोल अन्तरले हराएको हो ।

मंगलबार राति भएको खेलमा सुरुवाती अग्रता लिएको आयरल्याण्डले जर्मनीसंग ठुलो अन्तरको हार ब्यहोर्न बाध्य भयो ।

समूह सीमा जर्मनीले शीर्ष स्थानमा रहँदै छनोट प्रतियोगिताको अन्त्य गर्‍यो। जर्मनी ८ खेलबाट २१ अंक सहित युरोकपमा छनोट भईसकेको छ ।

तेस्रो स्थानको नर्दन आयरल्याण्डको १३ अंक रह्यो । उसको अब प्लेअफको सम्भावना बाँकी रह्यो । सर्ज गन्ब्रीले ह्याटिङ गरेको खेलमा लियोन गोरेत्र्जकाले दुई तथा जुनियर ब्रान्टले एक गोल गरे ।

खेलमा अग्रता सातौ मिनेटमा माइकल स्मिथको गोलबाट नर्दन आयरल्याण्डले लिएको थियो । आयरल्याण्डका प्रशिक्षक ओनिल १० दिन अघिमात्र स्टक सिटीको प्रशिक्षक बनेका थिए ।

प्लेअफमा टिमको नेतृत्व गर्ने सहमतिसहित उनी प्रिमियर लिग क्लबमा आबद्व भएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ७ : २४ बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण