सर्ज गन्ब्रीको ह्याट्रिकले जर्मनीको सहज जीत « Khabarhub

सर्ज गन्ब्रीको ह्याट्रिकले जर्मनीको सहज जीत


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युरोकप छनोट खेलमा नर्दन आयरल्याण्डविरुद्ध जर्मनीले शानदार जित आत्मसाथ गरेको छ। जर्मनीले नर्दन आयरल्याण्डलाई ६–१ गोल अन्तरले हराएको हो ।

मंगलबार राति भएको खेलमा सुरुवाती अग्रता लिएको आयरल्याण्डले जर्मनीसंग ठुलो अन्तरको हार ब्यहोर्न बाध्य भयो ।

समूह सीमा जर्मनीले शीर्ष स्थानमा रहँदै छनोट प्रतियोगिताको अन्त्य गर्‍यो। जर्मनी ८ खेलबाट २१ अंक सहित युरोकपमा छनोट भईसकेको छ ।

तेस्रो स्थानको नर्दन आयरल्याण्डको १३ अंक रह्यो । उसको अब प्लेअफको सम्भावना बाँकी रह्यो । सर्ज गन्ब्रीले ह्याटिङ गरेको खेलमा लियोन गोरेत्र्जकाले दुई तथा जुनियर ब्रान्टले एक गोल गरे ।

खेलमा अग्रता सातौ मिनेटमा माइकल स्मिथको गोलबाट नर्दन आयरल्याण्डले लिएको थियो । आयरल्याण्डका प्रशिक्षक ओनिल १० दिन अघिमात्र स्टक सिटीको प्रशिक्षक बनेका थिए ।

प्लेअफमा टिमको नेतृत्व गर्ने सहमतिसहित उनी प्रिमियर लिग क्लबमा आबद्व भएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ७ : २४ बजे

गुरुङ पहिरनमा प्रधानमन्त्री, भनिन्- निर्वाचनबाट युवाले चाहेजस्तो देश बनाउन सकिन्छ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने

संसद् पुनर्स्थापना टरेपछि फेरियो ओलीको बोली : एमालेले निर्वाचनबाटै राष्ट्रिय फैसला दिन्छ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीले अब फागुन

दक्षिण कोरियाली राष्ट्रपति लीको चीन भ्रमण

सियोल– दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले आफ्ना समकक्षी सी

बालेन जाने भनिएको झापाबाट रास्वपाको समानुपातिकमा रविकी कट्टर समर्थक ज्वाला मात्रै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झापा जिल्लाबाट समानुपातिक सूचीमा ज्वाला

रवि र बालेनलाई प्रचण्डको कटाक्ष : सहरमा हल्ला गरेर देशै कब्जा भइसकेको भ्रम छर्दैछन्

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहर बजारमा