प्रदर्शनकारीले सिंह नै मैदानमा उतारेपछि प्रहरीकै मच्चियो भागदौड (भिडियो सहित) « Khabarhub

प्रदर्शनकारीले सिंह नै मैदानमा उतारेपछि प्रहरीकै मच्चियो भागदौड (भिडियो सहित)


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कुनै पनि ठाउँमा विरोध हुँदा स्थितिलाई साम्य बनाउन प्रहरीले लाठी चार्ज, पानीको फोहोरा, टियर ग्यास प्रहार गर्ने गरेको घटना नौलो होइन ।

यस्ता घटना नेपालमा पनि धेरै पटक भएका छन् । कहिले–काहीँ प्रदर्शनकारीलाई धपाउन प्रहरीले कुकुरको साहारा समेत लिने गरेको पाइन्छ ।

हालै एउटा यस्तो रोचक घटना सार्वजनिक भएको छ जहाँ प्रदर्शनकारीलाई भगाउन प्रहरीलेले कुकुर साहारा लिएको थियो । प्रदर्शनकारी पनि के कम उल्टै प्रहरीलाई भगाउन जंगलको राजा सिंहलाई नै मैदानमा उतारेका थिए ।

सुन्दा अचम्म लाग्ला तर यो वास्तविकता हो । घटना इराकको हो । जब प्रदर्शनकारीले सिंहलाई नै प्रदर्शनमा उतारेपछि तब  अवस्था के भयो होला ?  आफै अनुमान लगाउन सकिन्छ । पक्कै भागदौड मच्चियो, सिंहका अगाडि कुकुरको के काम । कुकुरले पनि ठोक्यो कुलेलाम।

इराकमा पछिल्लो समय भ्रष्टाचार, गरिबी, बेरोजगारीलगायत अन्य थुप्रै मुद्दा उठाएर सरकारविरोधी प्रदर्शनहरु भइरहेका छन् । यस्तो प्रदर्शन भएपछि जनतालाई तर्साउनको लागि प्रहरीले कुकुरको साहारा लिएको थियो । त्यसको बदलामा प्रदर्शनकारी मध्येका एक जनाले आफूले पालेको सिंह नै प्रदर्शनमा ल्याएका थिए ।

प्रदर्शनकारीले सिंह ल्याएपछि आन्दोलन दबाउन परिचालित प्रहरी पछि हटेको थियो । यो घटना सार्वजनिक भएसँगै भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रदर्शनमा सिंह नै उतारिएपछि विश्वको ध्यान इराकतिर केन्द्रित समेत बनेको छ ।

भिडियोमा एक व्यक्ति सिंह लिएर सडकमा आएको देखिन्छ । सिंहलाई सिक्रीले बाँधिएको छ । सिंह देखेपछि प्रहरीहरु यताउता भागेका थिए । त्यसपछि सिंह कराउँछ अनि झन् भागदौड मच्चिन्छ । जसले सिंह लिएर सडकमा आएका थिए ती व्यक्ति सिंहसँगै देखिन्छन् । सिंहको ढाडमा झण्डा ओडाइएको हुन्छ । त्यसपछि सिंह सडकको बीचमा गएर बस्छ र उक्त व्यक्ति पनि नजिकै बस्छन् । त्यहा वरपर रहेका केही प्रहरी उक्त व्यक्ति भएको स्थानमा जान सक्दैनन् ।

अक्टोबर १ यता विरोध प्रदर्शन शुरु भएको थियो । त्यसयता त्यहाँ प्रहरी कारबाहीमा पनि कम्तीमा ३०० जनाको मृत्यु भइसकेको र १० हजारभन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारसंस्थाले जनाएका छन् ।

यस्तो छ भिडियो

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : ०९ बजे

मकवानपुरमा आगलागी हुँदा करिब तीन लाखको क्षति, महिला घाइते

बागमती- मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा मंगलबार आगलागी हुँदा करिब तीन

राष्ट्रियसभा चुनावका लागि ७ जना निर्वाचन अधिकृत नियुक्त

काठमाडौँ- निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य

नेकपा पाँचथरले मिक्सोलाई अगाडि बढाउने

काठमाडौं- पाँचथरको एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट

काभ्रेको रोडाढुंगा उद्योगमा पहिरो जाँदा एकजनाको मृत्यु

काठमाडौँ– काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१२ मा सञ्चालनमा रहेको रोशी रोडाढुंगा उद्योगमा

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ