नेपाल अमेरिकामा विद्यार्थी पठाउने देशको १२ औं स्थानमा « Khabarhub

नेपाल अमेरिकामा विद्यार्थी पठाउने देशको १२ औं स्थानमा


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा अध्ययन गर्ने विदेशी विद्यार्थीको मामिलामा नेपाल १२ औं स्थानमा छ । अमेरिकामा १३ हजार २ सय २९ जना नेपाली विद्यार्थी अध्ययनरत रहेको तथ्य सार्वजनिक भएको छ ।

अमेरिकी सरकारको विदेश मन्त्रालयको सहयोगमा इन्स्टिच्युट अफ इन्टरनेसनल एजुकेसनले सार्वजनिक गरेको प्रतिवेदनमा अमेरिकामा शैक्षिक वर्ष २०१८–२०१९ मा अध्ययनरत नेपाली विद्यार्थीको विवरण समावेश गरिएको छ । अगस्टदेखि मेसम्मको अवधिलाई अमेरिकामा शैक्षिक वर्षका रुपमा चिनिन्छ ।

यसैगरी अमेरिकामा अध्ययन गर्दै आएका भारतीयको संख्यामा पनि वृद्धि भएको छ । २०१८–१९ मा भारतबाट २ लाखभन्दा बढी विद्यार्थी पढ्नका लागि अमेरिका गएका छन् । गत वर्षको तुलनामा यो संख्या २.९ प्रतिशतले बढी हो । अमेरिकामा अध्ययनरतमध्ये विदेशी विद्यार्थी १८ प्रतिशत छन् ।

अमेरिका पढ्ने विदेशी विद्यार्थीको मामिलामा भारत चीनपछि दोस्रो स्थानमा रहेको छ । अमेरिकामा चिनियाँ विद्यार्थीको संख्या साढे ३ लाखभन्दा बढी छ । हालै सार्वजनिक गरिएको एक रिपोर्टले यो खुलासा गरेको हो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ८ : ५० बजे

उपेन्द्रको क्षेत्रमा चुनावी अभियान तीव्र, विवेक पुर्‍याएर मत दिन आग्रह

राजविराज– जनता समाजवादी पार्टी नेपालकी नेता एवम् पूर्वमन्त्री रेणु यादवले

निर्वाचन नजिकिँदै गर्दा झापामा उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा

भद्रपुर– जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा

गृहमन्त्रीद्वारा काठमाडौंका कारागार निरीक्षण, सुधारका लागि निर्देशन

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौँमा रहेका दुई कारागार कार्यालयहरू केन्द्रीय

सुनसरी-१ मा हर्कलाई भारी पर्न सक्छिन् गोमा, संकटमा कम्युनिस्ट विरासत

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी लगायतको एकीकरण अफरलाई