ब्यायफ्रेण्डसँग रमाउँदै साम्राज्ञी ! « Khabarhub

ब्यायफ्रेण्डसँग रमाउँदै साम्राज्ञी !


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अभिनेत्री साम्राज्ञी शाहले यस वर्ष हिट फिल्म दिन सकिनन् । ‘ड्रिम्स’ र ‘ए मेरो हजुर २’ जस्ता सफल फिल्म दिएकी साम्राज्ञीले ‘तिमी सँग’, ‘मारुनी’, ‘रातो टीका निधारमा’ जस्ता व्यावसायिक असफल फिल्म पनि दिइन् ।

एकपछि अर्को गर्दै असफल फिल्म दिएकी साम्राज्ञी यतिबेला भने फिल्म गरिरहेकी छैनिन् । उनी राम्रो स्किृप्टको प्रतीक्षामा छिन् । बरु साम्राज्ञी आजभोलि फिल्मका कारणले भन्दा ब्यायफ्रेण्डका कारणले चर्चामा छिन् ।

उनी सार्वजनिक कार्यक्रममा पनि ब्यायफ्रेण्डका साथ पुग्ने गर्छिन् । केही समयअघिसम्म ब्यायफ्रेण्डका बारेमा खासै खुल्न नचाहने साम्राज्ञी अहिले भने खुला रुपमै देखिन थालेकी छिन् ।

व्यावसायी भवानी राणाका छोरा देवांश राणाको प्रेममा रहेकी साम्राज्ञी वीरगञ्जमा आयोजित स्वर्ण महोत्सवमा पनि देवांशका साथ पुगेकी थिइन् । सामाजिक सञ्जालमा पनि साम्राज्ञीले देवांशसहितका तस्वीर शेयर गरेकी हुन्छिन् ।

यता देवांशले पनि सामाजिक सञ्जालमा प्रायः साम्राज्ञीसँगका तस्वीर शेयर गर्ने गरेका छन् । सामाजिक सञ्जालमै शेयर गरेका तस्वीरका कारण साम्राज्ञीले ट्रोलको समेत सामना गर्नुपरेको थियो ।

यसअघि फिल्म ‘मारुनी’ प्रदर्शनअघि साम्राज्ञी र उनका ब्यायफ्रेण्ड देवांशले इन्डोनेशियाको बालीमा रोमान्स गरेका तस्वीर सार्वजनिक भएका थिए । ती तस्वीर भाइरल भएपछि साम्राज्ञीलाई पनि मानसिक रुपमै असर परेको थियो ।

शुरुमा साम्राज्ञी देवांशका बारेमा खासै खुल्न नचाहे पनि आजभोलि भने देवांशको तारिफ गर्ने गर्छिन् । एक भेटमा उनले भनेकी थिइन् – ‘हाम्रो पनि व्यक्तिगत जीवन त हुन्छ नि, उसले मलाई एकदमै माया गर्छ । ख्याल गर्छ ।’

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १० : १२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले