विद्युतीय बसको सञ्चालन खर्च अत्यन्तै कम « Khabarhub

विद्युतीय बसको सञ्चालन खर्च अत्यन्तै कम


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विद्युतीय बस खरीद अरु बसभन्दा तुलनात्मकरूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको छ ।

सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने शुल्क पाँच गुणा कम हुने गरेको छ ।

डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक चार हजारसम्मको इन्धनमा खर्च हुन्छ । विद्युतीय सवारीसाधन चार्ज गर्दा महसुलवापत दैनिक झण्डै ७ सय ५० रुपैयाँ खर्च हुने प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताए।

जनशक्तिका लागि लाग्ने खर्च भने दुवैमा बराबर नै रहेको उनको भनाइ छ । खरीद मूल्य बढी भए पनि सञ्चालन खर्च कम रहेकाले प्रालिले अहिले यात्रुबाट लिने भाडामा पनि सहुलियत दिइरहेको छ ।

उनले भने, ‘सरकारले सार्वजनिक यातायातका लागि निर्धारण गरेको भाडादरमा हामीले २० प्रतिशत छुट दिइरहेका छौँ ।’ विद्युतीय सवारी साधन चार्ज गर्नका लागि बनाइएका निजी संस्थाले निर्माण गरेका ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिने सरकारले व्यवस्था गरेको छैन ।

‘चार्जिङ स्टेशन’लाई सहुलियत दिँदा सञ्चालन खर्च कम हुने र यात्रुलाई अझै छुट दिन सकिने उनले बताए । दुई महिना पहिलेदेखि प्रालिले चार वटा विद्युतीय बस चक्रपथमा सञ्चालन गरिरहेको छ । यही वर्ष २५ बस थप्ने उक्त प्रालिको योजना छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १० : १६ बजे

हुम्लामा ६४.९५ प्रतिशत मतदान

हुम्ला – हुम्लामा २२ हजार ३२८ अर्थात् कुल मतको ६४.९५

मुस्ताङमा ५६.४७ प्रतिशत मत खस्यो

मुस्ताङ । मुस्ताङमा शान्तिपूर्ण र उत्साहजनक रुपमा प्रतिनिधिसभा सदस्यको मतदान

संविधान जोगाउन भूमिका खेलेका राष्ट्रपतिले निर्वाचनपछि सन्तोषको श्वास फेरे

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न

बाजुरामा मतपेटीका सङ्कलन जारी

काठमाडौं- आज सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा बाजुरामा कुल मतदाता सङ्ख्याको

रुस र युक्रेनबीच ५०० युद्धबन्दी आदानप्रदान गर्ने सहमति

मस्को- रुस र युक्रेनबीच युद्धबन्दीहरूलाई मुक्त गरी आदानप्रदान गर्ने महत्त्वपूर्ण