मन्त्री फेर्न निर्णायक छलफलमा ओली– प्रचण्ड « Khabarhub

मन्त्री फेर्न निर्णायक छलफलमा ओली– प्रचण्ड


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिमण्डल पुनर्गठनको अन्तिम कसरतमा जुटेका छन् ।

बुधवार विहान दुई घन्टाभन्दा लामो समय प्रधानमन्त्री ओली र प्रचण्डबीच बालुवाटारमा छलफल भएको हो ।

बुधबार(आज) मन्त्रिमण्डल हेरफेरको तयारी रहेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले बताएका थिए ।

मन्त्रिमण्डल हेरफेरका लागि कसकसलाई विदा गर्ने र क–कसलाई ल्याउने भन्ने बारेमा छलफल गर्न प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलबीच छलफल भएको छ ।

मन्त्रिहरुको टुंगो लागिसकेपछि ओली प्रचण्ड शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीलाई यसबारे जानकारी गराउने तयारी भएको बालुवाटार निकट श्रोतको भनाइ छ ।

त्यसलगत्तै सचिवालय बैठक बसेर पार्टी अध्यक्षहरुको निर्णलाई बैठकले अनुमोदन गर्ने तयारी गरिएको छ ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिउँसो साढे १२ बजेका लागि सचिवालय बैठक बोलाइएको जानकारी दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १० : ५७ बजे

जिब्रो छेड्ने जात्रा : सुजनले चौथोपटक जिब्रो छेड्ने

भक्तपुर– भक्तपुरको मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २

‘स्टारडम’को आडमा अपराध : सबै बलात्कारी कि समय खराब ?

अभिनेता तथा चर्चित हास्य कलाकार सागर लम्साल ‘बले’ लाई अमेरिका

बुढीनन्दाको कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

बाजुरा– जिल्लाको पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकाको कोल्टीमा कृषि उपज

फेवाताल जग्गा बारे गृहमन्त्रीको स्पष्टीकरण– ‘म आफैँ ठगिएको छु, कानुनी उपचारमा जान्छु’

काठमाडौँ – गृहमन्त्री सुदन गुरुङले पोखराको फेवाताल किनाराको जग्गा प्रकरणमा

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

मुस्ताङ- उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४, चुमजुङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्यांग्रा