नेपालमा लगानी गर्न अष्ट्रेलियाका निजी क्षेत्र उत्सुकः राजदूत पिटर वड « Khabarhub

नेपालमा लगानी गर्न अष्ट्रेलियाका निजी क्षेत्र उत्सुकः राजदूत पिटर वड


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वडले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्चात लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताउँदै साना लगानीकर्ताहरुलाई समेत सहज वातावरण हुने कानूनी प्रावधान भएमा नेपलमा अष्ट्रेलियाको कृषि, जलश्रोत, पर्यटन आदि क्षेत्रमा उल्लेख्य लगानी आउने संभावना रहेको बताए ।

राजदूत वडले नेपाल चेम्बर अफ कमर्सको जमलस्थित कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा आफ्नो कार्यकालमा सकेसम्म नेपाल अष्ट्रेलिया बीच सिधा हवाई सेवा शुरु गर्न आफूले पहल गर्ने बताए ।

यसको लागि व्यवसायिक निर्णय हुनुपर्नै र हवाई सम्झौता भैसकेको परिप्रेक्षमा सो प्रक्रिया आवहन गर्न कठीन नहुने उनले बताए । उनले अष्ट्रेलियाले नेपालको सामुदायिक वनमा गरेको सहयोग अनय मुलुकको लागि पनि अनुकरणीय भएको बताउँदै नेपालमा लगानी तथा व्यापारको लागि कानूनी र असल व्यवशाय मैत्री वातावरण भएमा अष्ट्रेलियाको लगानी उल्लेख्य रुपमा आउन सक्ने बताए ।

सो अवसरमा राजदूत वडको चेम्बरमा स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले लगानी सम्मेलन पछि र एकद्धार प्रणाली लागू भए पछि लगानीको संभावना बढेका बताए ।

उनले अष्ट्रेलियाको मुख्य शहरहरु ब्रिसवेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थ लगायतका आकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबद्र्धन गर्न रोड शो गर्नुपर्ने, व्यापार ÷मेला प्रदर्शनीमा सहभागिताको अवसर प्राप्त हुनुपर्ने बताए ।

नेपालले अल्प विकसित मुलुकमै अष्ट्रेलियाले प्रदान गरेको करमुक्त प्रवेशको सुविधाको अधिकतम प्रयोग गर्न नसकिरहेको कटु यथार्थ प्रस्तुत गर्दै नेपाली समुदाय पनि अष्ट्रेलियामा ठूलो संख्यामा रहेको हुँदा तिनीहरुलार्य समेतत लक्षित गरी निकासी प्रबद्र्धन र आयत व्यवस्थापन हुनुपर्ने जोड दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : ५३ बजे

म्याग्दीका २४ पर्यटकीय स्थलमा पूर्वाधार निर्माण योजना

म्याग्दी– गण्डकी प्रदेश सरकार मार्फत म्याग्दीमा यस वर्ष २४ पर्यटकीय

इरान–कतार ऊर्जा तनावमा ट्रम्पको कडा चेतावनी

दोहा– मध्यपूर्वमा झन्डै तीन सातादेखि जारी युद्धले ऊर्जा सुरक्षामाथि गम्भीर

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपीभी खोप दिने

जुम्ला– जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको

संसद् सचिवालयले बोलायो ६ राष्ट्रिय दलको बैठक

काठमाडौं- संघीय संसद् सचिवालयले २१ फागुनपछिको निर्वाचनमार्फत् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन– जिल्लामा रगतको चरम अभाव भएको छ । यससँगै नेपाल