नेपालमा लगानी गर्न अष्ट्रेलियाका निजी क्षेत्र उत्सुकः राजदूत पिटर वड | Khabarhub Khabarhub

नेपालमा लगानी गर्न अष्ट्रेलियाका निजी क्षेत्र उत्सुकः राजदूत पिटर वड


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि अष्ट्रेलियका राजदूत पिटर ग्रेमी वडले नेपालमा सम्पन्न लगानी सम्मेलन पश्चात लगानी प्रबद्र्धन गर्न उत्साह थपिएको बताउँदै साना लगानीकर्ताहरुलाई समेत सहज वातावरण हुने कानूनी प्रावधान भएमा नेपलमा अष्ट्रेलियाको कृषि, जलश्रोत, पर्यटन आदि क्षेत्रमा उल्लेख्य लगानी आउने संभावना रहेको बताए ।

राजदूत वडले नेपाल चेम्बर अफ कमर्सको जमलस्थित कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा आफ्नो कार्यकालमा सकेसम्म नेपाल अष्ट्रेलिया बीच सिधा हवाई सेवा शुरु गर्न आफूले पहल गर्ने बताए ।

यसको लागि व्यवसायिक निर्णय हुनुपर्नै र हवाई सम्झौता भैसकेको परिप्रेक्षमा सो प्रक्रिया आवहन गर्न कठीन नहुने उनले बताए । उनले अष्ट्रेलियाले नेपालको सामुदायिक वनमा गरेको सहयोग अनय मुलुकको लागि पनि अनुकरणीय भएको बताउँदै नेपालमा लगानी तथा व्यापारको लागि कानूनी र असल व्यवशाय मैत्री वातावरण भएमा अष्ट्रेलियाको लगानी उल्लेख्य रुपमा आउन सक्ने बताए ।

सो अवसरमा राजदूत वडको चेम्बरमा स्वागत गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले लगानी सम्मेलन पछि र एकद्धार प्रणाली लागू भए पछि लगानीको संभावना बढेका बताए ।

उनले अष्ट्रेलियाको मुख्य शहरहरु ब्रिसवेन, मेलवर्न, सिड्नी, क्यानेवरा, पर्थ लगायतका आकर्षक र नियमित पर्यटन, व्यापार, लगानी प्रबद्र्धन गर्न रोड शो गर्नुपर्ने, व्यापार ÷मेला प्रदर्शनीमा सहभागिताको अवसर प्राप्त हुनुपर्ने बताए ।

नेपालले अल्प विकसित मुलुकमै अष्ट्रेलियाले प्रदान गरेको करमुक्त प्रवेशको सुविधाको अधिकतम प्रयोग गर्न नसकिरहेको कटु यथार्थ प्रस्तुत गर्दै नेपाली समुदाय पनि अष्ट्रेलियामा ठूलो संख्यामा रहेको हुँदा तिनीहरुलार्य समेतत लक्षित गरी निकासी प्रबद्र्धन र आयत व्यवस्थापन हुनुपर्ने जोड दिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : ५३ बजे

उद्यमशीलताको विकासबिना मुलुक समृद्ध बन्दैन : उद्योगमन्त्री

अछाम– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाली उद्यमीहरूले उत्पादन

युद्धविरामको जवाफ दिन हमासलाई एक साताको समय

काठमाडौं– इजरायलले हमासलाई युद्धविराम र बन्धकहरूको रिहाइको पछिल्लो प्रस्तावको जवाफ

विद्युत लाइन भूमिगत गर्न प्राधिकरणले ६ फिडरमा बिजुली काट्ने

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विद्युत लाइन भूमिगत गर्न काठमाडौं

लोकतन्त्रप्रति जनताको भरोसा जगाउने उपयुक्त औजार सूचनाको हक़ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त

प्रदेशको गौरव सडकमा कालोपत्र अन्तिम चरणमा

तनहुँ– गण्डकी प्रदेशको गौरव मानिएको कोरोला–त्रिवेणी सडक आयोजनाअन्तर्गत तनहुँको घिरिङ