नेपाल सिपिङ लाइनले अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्दै | Khabarhub Khabarhub

नेपाल सिपिङ लाइनले अन्तर्राष्ट्रिय व्यापार विस्तार गर्दै


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल सिपिङ लाइनले अन्तर्राष्ट्रिय व्यापार विस्तार गरेको छ । नेपालमा वैदेसिक व्यापारको सहजीकरण गर्दै नेपाल र बंगालको खाडी क्षेत्रको अर्थतन्त्रलाई बृद्धि गर्ने लक्ष्यका साथ स्थापना भएको यस लाइनले सेवालाई विस्तार गरेको कम्पनीका प्रमुख देवीप्रकाश भट्टचनले बताए ।

नेपाल सिपिङ एन्ड एयर लाजिस्टिक कम्पनी नेपालमा पनि विस्तार भएको भन्दै भट्टचनले खुसी व्यक्त गरेका छन् । यस कम्पनीले दक्षिण एशियाको अन्तर्राष्ट्रिय र क्षेत्रीय व्यापार लेनका साथै एशिया र बाँकी विश्वको बीचमा सिपिङ सेवाहरूको दायरा बढाउने काम गरेको उनले बताए ।

नेपाल सिपिङ लाइनले सार्क देशको यातायात आवश्यकता पूरा गर्न द्रुत ट्रान्जिट समय र गुणस्तर सेवाहरूको साथ दक्षिण एसियाका विकासोन्मुख देश र क्षेत्र जोड्दै जाने कम्पनीले जनाएको छ।

सेवा विस्तारलाई अझ मजवुत बनाएर लैजाने प्रमुख भट्टचनले बताए । सेवामा बंगालको खाडीको बन्दरगाह र यसको अन्तराष्ट्रिय व्यापार क्षेत्रको मुख्य बन्दरगाहबीचको प्रत्यक्ष कन्टेनर लाइनर सेवाका तीन सेट सामेल छन् । सिपिङ लाइनको ‘मिसन’ सार्क देशहरूको विकासशील अर्थतन्त्रहरूलाई प्रोत्साहित गर्न वैदेशिक व्यापारलाई सहजीकरण गर्ने नै रहेको भट्टचनले बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १२ : ५० बजे

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था

पूर्वनिर्वाचन आयुक्त इला शर्माको निधन

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण

स्थानीय उत्पादन प्रवर्द्धन गर्दै टीकापुर नगरपालिका

कैलाली – टीकापुर नगरपालिका नगरप्रमुखको कार्यकक्षमा प्रवेश गर्नेबित्तिकै देखिन्छन्, चिटिक्क

नेपालसँगको सम्बन्धलाई चीनले प्राथमिकतामा राखेको छ : झलनाथ खानाल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता एवं

अर्थतन्त्रका सूचकहरु सकारात्मक छन् : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्माले गत वर्षको तुलनामा चालु आवमा