सभामुखले भने : लोकतन्त्रको विकल्प छैन « Khabarhub

सभामुखले भने : लोकतन्त्रको विकल्प छैन


२८ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – सभामुख देवराज घिमिरेले लोकतन्त्रको विकल्पमा अरू कुनै व्यवस्था नभएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय सदस्य सोमप्रसाद मिश्रको ‘शक्ति राष्ट्रहरूका राजनीतिक दलहरू–तुलनात्मक अध्ययन’ पुस्तक आज विमोचन गर्दै उनले विश्वका विभिन्न राजनीतिक संरचनामध्ये गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्था सबैभन्दा उत्कृष्ट भएकाले यसको विकल्प नभएको स्पष्ट गरे ।

गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनका लागि संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै उनले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनु संसदीय दल र नेताहरुको कर्तव्य भएको बताए ।

जनताले महसुस गर्नेगरी सेवा प्रवाह गर्न राजनीतिक दलहरूले व्यवस्था सुदृढ गर्नुपर्ने बताउँदै उनले मानव जातिलाई प्रगतिको पथमा लैजान र वर्तमान व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, एमाले नेता योगेश भट्टराई, वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, कांग्रेस नेता दुर्लभ थापा र जिल्ला समन्वय समितिका प्रमुख ईश्वर थापाले पुस्तकका विविध पक्षबारे समीक्षा गरेका थिए ।

प्रकाशित मिति : २८ असार २०८२, शनिबार  १० : ३६ बजे

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा

कृष्णभीरमा सडक भासिँदा लमजुङ-काठमाडौँ यात्रामा सास्ती

लमजुङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ–काठमाडौँ आवतजावत

आज ‘जेनजी’ शहीद दिवस : सार्वजनिक बिदा

काठमाडौँ – आज ‘जेनजी’ शहिद दिवस मनाइँदै छ । गत

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर