मन्त्रिपरिषद फेरबदलबारे छलफल गर्न नेकपाको सचिवालय बैठक जारी | Khabarhub Khabarhub

मन्त्रिपरिषद फेरबदलबारे छलफल गर्न नेकपाको सचिवालय बैठक जारी


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक जारी छ । मन्त्रिपरिषदका सदस्य हेरफेरलाई अन्तिम रूप दिन बोलाइएको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटरमा जारी रहेको हो ।

सचिवालय बैठकले मन्त्रिपरिषदमा फेरबदल हुने मन्त्रीहरुको नाम टु‌ग्याउने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद सदस्य फेरबदलको प्रस्ताव राख्ने र सचिवालय बैठकले अनुमोदन गर्ने कार्यतालिका रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

बैठक लगत्तै प्रधानमन्त्रीले केही मन्त्री हटाउने र केही नयाँ अनुहार थप्नेछन् ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेको मंगलबार जानकारी दिएका थिए ।

उनले मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा छलफल भएको र प्रधानमन्त्री ओलीले सबै मन्त्रीहरुलाई धन्यवाद समेत दिएको जानकारी दिएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  १ : २४ बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा