प्रभावकारी रुपमा काम नगर्नेमाथि कारबाही हुन्छ– मन्त्री भट्टराई « Khabarhub

प्रभावकारी रुपमा काम नगर्नेमाथि कारबाही हुन्छ– मन्त्री भट्टराई


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले प्रभावकारी रुपमा काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।

बुधवार(आज) नेपाल पर्यटन बोर्डमा बसेको मन्त्रालयको नियमित आन्तरिक बैठकमा मन्त्री भट्टराईले लक्ष्य अनुरुप काम नभए स्पष्टीकरण सोधिने र सन्तोषजनक प्रगति नभए कार्यालय प्रमुखहरु परिवर्तन गरिने चेतावनीसमेत दिए ।

बैठकमा मन्त्री योगेश भट्टराईले मन्त्रालय मातहतका विभागको कार्य प्रगति विवरण बारेमा जानकारी लिएका थिए । मन्त्री भट्टराईले मातहतका विभागहरुको कामप्रति कडा टिप्पणी समेत गरे ।

बैठकमा मन्त्री भट्टराईले प्रत्येक कार्यालय प्रमुखहरुलाई प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए। लक्ष्य अनुरुप काम नभए स्पष्टीकरण सोधिने र सन्तोषजनक प्रगति नभए कार्यालय प्रमुखहरु परिवर्तन गरिनेको उनको भनाइ थयो । बैठकमा मन्त्री भट्टराईले भने, ‘काम भएन भने परिर्वतन गरिनेछ, परिवर्तन हुनेले मन नदुखाउनुहोला ।’

राजनीतिक नियुक्ति लिएर बिभिन्न पदमा रहेर सन्तोषजनक काम नगरेकालाई तत्कालबाटो खाली गर्न मन्त्री भट्टराईले निर्देशन दिए । खाली नगरे कामका आधारमा हटाउने उनले निर्देशन दिए । ‘कामको आधारमा हटाउँदा अदालत गएर नरुनुहोला’बैठकमा मन्त्री भट्टराईले भने ।

राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने मन्त्री भट्टराईको भनाइ थियो ।

आज प्रस्तुत भएको कार्यप्रगति विवरण काम चलाउ मात्रै भएको टिप्पणी गर्दै मन्त्री भट्टराईले आगमी २०७६ मंसिर ११–१२ गते बस्ने बैठकमा पुन प्रस्तुत गर्न निर्देशन दिए ।

भ्रमण बर्ष सफल बनाउनका लागि मन्त्रालय मातहतका कार्यालयहरुले के के गर्ने ? त्यो कार्ययोजना आगमी २०७६ मंसिर ११–१२ मा प्रस्तुत गर्न उनले निर्देशन दिए ।

काम नगर्ने र विवादित कर्मचारीहरुलाई विदेश भ्रमणमा रोक लगाइने मन्त्री भट्टराईको भनाइ थियो ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  २ : ०९ बजे

शेरबहादुरलाई गोकुलको जवाफ– आफ्नो र श्रीमतीको पद प्राप्तिका लागि गुट बदलेको इतिहास हेरौँ’

काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटा र अर्का नेता शेरबहादुर

एमाले सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेकपा एमाले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । बैठक

सर्लाहीमा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु, ११ जना घाइते

सर्लाही– सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु भएको छ

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको