राजीनामा दिन प्रधानमन्त्रीले गरेको प्रस्ताव उपसभामुखद्वारा अस्वीकार « Khabarhub

राजीनामा दिन प्रधानमन्त्रीले गरेको प्रस्ताव उपसभामुखद्वारा अस्वीकार


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवं सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिन गरेको आग्रहलाई उपसभामुख शिवमाया तुम्बाहाम्फेले अस्वीकार गरेकी छिन् ।

मन्त्रिमण्डल हेरफेरको अन्तिम तयारीमा रहेको बेला बुधवार विहान तुम्बाहाम्फेसँग भेटगरी प्रधानमन्त्री ओलीले राजीनामा दिन आग्रह गर्दै मन्त्री बनाउने आश्वासन दिएका थिए ।

तर तुम्बाहाम्फेले भने सभामुख पनि नभएको बेलामा संसद खालि राखेर आफू मन्त्री नबन्ने बताएको बालुवाटार निकट श्रोतले बतायो ।
‘अहिले सभामुख पनि नभएको बेलामा संसदलाई खालि राखेर म मन्त्री बन्दिनँ’ बालुवाटार श्रोतले तुम्बाहाङ्फेलाई उदृत गर्दै भन्यो ।

तर उनले ‘केही समयपछि विचार गरौलाँ’ भनेको स्रोतको दाबी छ ।

उपसभामुख तुम्बाहाम्फेले भने मन्त्री बन्ने विषयमा प्रधानमन्त्रीसँग कुनै छलफल नभएको बताइन् ।

सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेपछि पदबाट राजीनामा दिएसँगै सभामुख पद खाली रहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  २ : २९ बजे

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज शनिबार, शनिदेवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १७ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज १७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १७ गते शनिबार सन् २०२६