नेकपा सचिवालय बैठकले मन्त्रीको टुंगो लगाउन सकेन « Khabarhub

नेकपा सचिवालय बैठकले मन्त्रीको टुंगो लगाउन सकेन


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिमण्डल पुनर्गठनका लागि भन्दै बसेको नेकपा सचिवालय बैठकले यसबारेमा कुनै निर्णय लिन सकेन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार दिउँसो बसेको नेकपा सचिवालय बैठकले मन्त्रिमण्डल हेरफेरको विषयलाई अनुमोदन गर्ने भनिएपनि कुनै निर्ण भने नभएको हो ।

नेकपाका सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डल हेरफेरका बारेमा बैठकमा कुनै छलफल नभएको बताए । ‘मन्त्रिमण्डल हेरफेर प्रधानमन्त्रीको विशेषाधिकार भएका कारण आजको बैठकमा यसबारेमा कुनै छलफल भएन’ प्रवक्ता श्रेष्ठले भने ।

बैठकले सरकारको नेतृत्व पार्टी अध्यक्ष केपी ओली र पार्टीको नेतृत्व अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले गर्ने निर्णय गरेको छ । यो निर्णयसँगै प्रचण्डले कार्यकारी अध्यक्ष चलाउन पाउने भएका छन् भने केपी ओली पाँच वर्षका लागि प्रधानमन्त्री भएका छन् ।

प्रचण्डले यसअघि आफूलाई कित सरकार कित पार्टीको नेतृत्व दिनुपर्ने बताउँदै आएका थिए ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणका बेलामा एउटाले पार्टी र अर्कोले सरकारको नेतृत्व गर्ने विषयमा ओली प्रचण्डको सहमति भएको थियो ।

त्यस्तै सरकारको नेतृत्व आधा आधा गर्ने विषयमा भएको सहमतिबारे प्रचण्डले बेलाबेलामा सहमतिको पालना हुनुपर्ने बताउँदै आएका थिए ।
सरकार सञ्चालनमा भागबण्डा नहुने हो भने आफूले पार्टी सञ्चालन गर्न पाउनुपर्ने प्रचण्डको भनाइ थियो ।

त्यस्तै नेकपाका नेता माधव कुमार नेपालले समेत एक व्यक्ति एक पद हुनुपर्ने लविङ गर्दै आएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ३ : ५२ बजे

विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा आज सरसफाइ गरिएको

ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न एक जना पक्राउ

काठमाडौं – ग्यासको कालोबजारी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुरको

बालुवाटारमा रवि–बालेनबीच ४५ मिनेट भेटवार्ता, के भयो कुराकानी ?

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र सत्तारुढ दल रास्वपाका सभापति

सुनकोशीमा बेपत्ता दम्पतिमध्ये पत्नीको शव फेला

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको दोलालघाटस्थित सुनकोशी नदीमा हाम फालेर चार दिनदेखि

विशेष महाधिवेशनले कांग्रेस झन् कमजोर बनायो : प्रकाशमान सिंह

काठमाडौं – नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले विशेष महाधिवेशनको प्रक्रियाका