रसायनिक मल बिक्रीमा अनियमितता– साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीवरुद्ध मुद्दा दर्ता « Khabarhub

रसायनिक मल बिक्रीमा अनियमितता– साल्ट ट्रेडिङ कर्पोरेशनका कर्मचारीवरुद्ध मुद्दा दर्ता


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रसायनिक मल अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोसेशनका ३ जना कर्मचारीवरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

अख्तियारले साल्ट ट्रेडिङ कर्पोरेशनको अञ्चल कार्यालय विराटनगरका तत्कालीन प्रमुख नविनचन्द्र झासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले गरेको अनुसन्धानबाट झा साल्ट ट्रेडिङ कर्पोरेशनको विराटनगरस्थित कार्यालयको प्रमुख रहँदा १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ बराबरको रसायनिक मल अनियमित तरिकाले बिक्री वितरण भएको पाइएको थियो ।

अख्तियारले अनियमित तरिकाले मल बिक्री बितरण गरेको अभियोगमा तत्कालीन प्रमुख सहायक दिलचन्द्र राई र तत्कालीन सहायक खगेन्द्र बस्नेतविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

अख्तियारले तीनैजनाविरुद्ध जनही १९ लाख ७ हजार ३ सय ५० रुपैयाँ बिगो कायम गर्दै बिगोअनुसारको जरिवाना र अधिकत्तम ४ वर्षसम्म कैद सजाय मागदाबी गरेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ४ : २९ बजे

बाख्रालाई घाँस काट्न गएका विष्ट चार दिनपछि मृत फेला

दमक– बाख्रालाई घाँस काट्न भनी यही चैत १९ गते घरबाट

चन्द्रागिरिमा चल्ला बालेन-सुधनको डोजर ?

काठमाडौं– काठमाडौंको दक्षिण पश्चिमा रहेको सुन्दर हरियो पहाड चन्द्रागिरिको टाकुराबाट

कर्णालीको विकासका लागि निजी क्षेत्रको सहयोग आवश्यक छ : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशको विकासका लागि निजी

मेलुङमा बागमती प्रदेश स्तरीय न्यायिक सम्मेलन, ४० पालिका सहभागी 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका न्यायिक समितिको आयोजनामा सोमबार मेलुङको पवटीमा