नेकपासँग एकता गर्न तयार छौँ : महासचिव मैनाली « Khabarhub

नेकपासँग एकता गर्न तयार छौँ : महासचिव मैनाली


४ मंसिर २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- नेपाल कम्युनिष्ट पार्टी(माले)का महासचिव सिपी मैनालीले सत्तापक्ष दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)सँग एकता गर्न आफू तयार रहेको बताएका छन् ।

दाङमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपाले प्रस्ताव ल्याए आफू एकता गर्न तयार रहेको बताए । ‘सबै कम्युनिष्ट पार्टीसँग एकता गर्ने भनेर बाहिर हल्ला गर्ने तर आफूसँग अहिलेसम्म छलफलमा आएका छैनन्’, उनले भने, ‘प्रस्ताव लिएर आएमा हामी कुरा गर्न तयार छौँ ।’

भारतले सीमा मिचेको विषयमा सरकारले ठोस पहल नथालेको भन्दै उनले आपत्तिसमेत जनाए । लामो समयदेखि भारतले लिम्पियाधुरा, कालापानी, लिपुलेकमा आफ्ना सेना बसाएको भन्दै विगतका सरकार पनि यसमा गम्भीर नभएको बताए ।

अहिलेको सरकारले विगतका सरकारजस्तै कूटनीतिक पहल लिन नसकेमा मुलुकले ठूलो क्षति ब्यहोर्नेसमेत उनको भनाइ छ ।

गैरनेपालीको हातमा नेपाली नागरिकता पर्न नहुने बताउँदै उनले विदेशी ज्वाइँलाई नागरिकता दिन नहुने तर नेपाली बुबाको सन्तानलाई अङ्गीकृत नागरिकताको व्यवस्था गर्नुपर्ने बताए ।

मुलुकबाट राजतन्त्र गएपछि सामान्तवाद शून्य भएको भन्ने कुरा गलत रहेको भन्दै महासचिव मैनालीले अहिले सामान्तवाद केही कमजोर भएको भए पनि निर्मूल भने भई नसकेकोसमेत बताए ।

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : ३७ बजे

अमेरिकाको ‘पीस प्लान’ले रुस–युक्रेनमा हलचल

काठमाडौं– युक्रेन–रुस युद्ध रोक्न अमेरिकाले अघि सारेको प्रस्तावित ‘पीस प्लान’लाई

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।