अमेरिकाबाट १ सय १५ जना नेपाली निष्काशित « Khabarhub

अमेरिकाबाट १ सय १५ जना नेपाली निष्काशित


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- अमेरिकाले यो वर्ष मात्रै गैरकानुनी रूपमा आफ्नो देश आइपुगेको आरोपमा १ सय १५ जना नेपालीलाई फर्काएको  छ ।

बुधवार पाँच नेपालीलाई चार्टर्ड विमानमार्फत् काठमाण्डू ल्याएर छाडेको नेपाल प्रहरीले जनाएको छ।

यो वर्ष वैशाखयता मात्रै अमेरिकाले ११५ जना नेपालीलाई निष्काशन गरेर नेपाल पठाएको विवरण नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई पठाएको छ।

ब्यूरो प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक ईश्वरबाबु कार्कीले भने, “हाम्रो अनुमानमा आठदेखि दश हजार नेपाली अमेरिका पुग्ने बाटोमा रहेका छन्।”

नेपाल प्रहरीले यसै वर्ष वैशाखमा ब्यूरो स्थापना गरेपछि मात्र अमेरिकाले निष्काशन गरेका नेपाली आप्रवासीको जानकारी दिन थालेको हो।

कार्की भने, “नेपाल प्रहरीलाई अनुसन्धान गर्न सहज होस् भन्दै त्यस्तो जानकारी दिने गरिएको हो।”

“यस बीचमा हामीले जुटाएका विवरण र फर्किएकासँग लिइएका बयानका आधारमा गैरकानुनी बाटोमा रहेका नेपालीहरूको सङ्ख्या आकलन गरिएको हो।”

निष्काशन गरेर पठाइएका नेपालीहरू अधिकांश मानव तस्करमार्फत् अमेरिका पुग्नेहरू छन्।

सहजै नेपाल फर्कन नचाहनेहरूलाई चार्टर्ड विमानको व्यवस्था गर्ने गरिएको प्रहरी अधिकारीहरू बताउँछन्।

ती पाँच नेपालीहरू अमेरिकाको जोर्जिया, लुइजियाना, टेक्सस, क्यालिफोर्निया र वाशिङटनबाट समातिएका बताइएको छ।

कम्तीमा छ महिनाको कष्टकर र त्रासदीपूर्ण बाटोबाट अमेरिका पुग्ने बित्तिकै समातिनेहरू पछिल्लो समय निष्काशनमा पर्ने गरेको बताइएको छ।

मानव तस्करले विभिन्न मार्ग हुँदै आठदेखि १२ देश कटाएर दक्षिण अमेरिकी देशहरूको बाटो भएर अमेरिका पुर्‍याउने गरेका छन् । बीबीसीबाट

 

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : २८ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा