आजको मौसम-पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो « Khabarhub

आजको मौसम-पहाडी भूभागमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मध्य तथा पुर्वी तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो लागेको र पश्चिमी भू-भाग लगायत पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको जनाएको छ ।

नेपालको पश्चिमी भू-भागमा पश्चिमि वायूको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ ।

महाशाखाले पूर्वी र मध्य तराईका केही स्थानमा सामान्य हुस्सु/कुहिरो देखिएको हुँदा सो स्थानहरुमा राम्रो सँग घाम नलाग्ने भएकोले तापक्रममा गिरावट आइ चिसो बढेको जनाएको छ । चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन सबैमा महाशाखाले अनुरोध गरेको छ।

पौष ४ गते (शुक्रबार)

दिउँसो: देशको पश्चिमि र मध्य भू-भाग लगायत पूर्वी पहाडी भू-भागमा आंशिक देखि सामान्य वदली रही बाँकी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडी/हिमालि भू-भागमा हल्का हिमपात र पश्चिमि पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य वदली रहनेछ । पश्चिम भेगका उच्च पहाडी/हिमालि भू-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

पौष ५ गते (शनिवार)

दिउँसो: देशको पश्चिमि भू-भागमा सामान्य वदली र मध्य तथा पूर्वी भू-भागमा आंशिक वदली रहनेछ। साथै पश्चिम भेगका उच्च पहाडी/हिमालि भू-भागमा हल्का देखि मध्यम हिमपात र पश्चिमि पहाडी भू-भागका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

राति: देशको पश्चिमि भू-भाग लगायत मध्य र पूर्वी पहाडी भू-भागमा आंशिक बदलिको अवस्था रहने छ भने वांकि भू-भागमा मौसम समान्यतया सफा रहनेछ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ५ : ५९ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिलाई डा. राउतको बिदाइ : ‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध