राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ हेर्न पाइने « Khabarhub

राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ हेर्न पाइने


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–राजा वीरेन्द्रको निजी निवास श्रीसदन र उनले प्रयोग गरेका सवारीसाधन पनि अवलोकन गर्न पाइने भएको छ ।

नारायणहिटी सङ्ग्रहालय गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका नवनियुक्त कार्यकारी निर्देशक भेषनारायण दाहालले सो कुरा बताएका हुन् ।

यसअघि सो सङ्ग्रहालयमा ती सामग्री प्रदर्शनमा राखिएका थिएनन् । पुरातत्व विभाग, राष्ट्रिय सङ्ग्रहालय छाउनी र मोरङ उर्लाबारीस्थित मदन भण्डारी सङ्ग्रहालयको लामो अनुभव सँगालेका कार्यकारी निर्देशक दाहालले उक्त सङ्ग्रहालयको राम्रो व्यवस्थापनसहित राजा वीरेन्द्रका निजी प्रयोजनका सवारीसाधन, कार, हवाइजहाजलगायत निजी निवास श्रीसदन पनि प्रदर्शनीमा राख्ने योजना सुनाए ।

राजपरिवारको हत्यापछि बन्द अवस्थामा रहेको सो दरबारलाई सङ्ग्रहालयमा परिणत गरी २०६५ सालदेखि सर्वसधारणका लागि खुला गरिएको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : ०१ बजे

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिलाई डा. राउतको बिदाइ : ‘पार्टी र साथीको दबाबमा दुई पटक निर्वाचन लडेँ’

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ

रुपन्देहीमा ११ लाख बढीको सामान बरामद

रुपन्देही– जिल्ला प्रहरी कार्यालय रुपन्देहीले करिव ११ लाखभन्दा बढीको अवैध