पीपीएलमा आज पोखरा र बुटबल तथा धनगढी र चितवन भिड्ने « Khabarhub

पीपीएलमा आज पोखरा र बुटबल तथा धनगढी र चितवन भिड्ने


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जारी पोखरा प्रिमियर लिग क्रिकेट (पीपीएल) मा आज (शुक्रबार) दुई खेल हुँदैछ । पहिलो खेलमा पोखरा पल्टन र बुटवल ब्लासटर्स तथा दोस्रो खेलमा धनगढी ब्लुज र चितवन राईनोजबीच प्रतिस्पर्धा हुनेछ ।

पोखरा क्रिकेट मैदानमा हुने पहिलो खेलमा बिहान ९ बजे शुरु हुनेछ । जहाँ पोखरा र वुटबल भिड्नेछन् ।

साविक विजेता पोखरा ३ खेलमा १ जित निकाल्दै तालिकाको चौथो स्थानमा छ । बुटवल २ खेलमा १ मा जित निकाल्दै तालिकाको पुछारमा छ ।

अर्को खेलमा दिउँसो सवा १ बजे एक्सपर्ट धनगढी र चितवन राईनोज भिड्नेछन् । चितवन जारी प्रतियोगितामा एक मात्र अपराजित टिम हो ।

चितवन दुवै खेलमा जित निकाल्दै तालिकाको शीर्ष स्थानमा छ । धनगढीले भने दुई खेलमा मात्र एक जित निकालेको छ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ७ : ३१ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ