दिवा खाजाले विद्यार्थीको सङ्ख्यामा वृद्धि « Khabarhub

दिवा खाजाले विद्यार्थीको सङ्ख्यामा वृद्धि


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- विभिन्न सामुदायिक विद्यालयमा सञ्चालन भएको दिवा खाजा कार्यक्रमका कारण पछिल्लो समय विद्यार्थीको चाप बढ्दै गएको छ ।

पूर्वी उत्तरी भेगमा पर्ने बूढीनन्दा नगरपालिका–१० पाण्डुसैनमा रहेको कैलाश प्राथमिक विद्यालयमा केही वर्ष पहिले ५० देखि ७० विद्यार्थी रहेका थिए । विद्यालयले दिवा खाजा कार्यक्रम शुरु गरेपछि विद्यार्थीको सङ्ख्यामा दोब्बरले वृद्धि भएको हो ।

पहाडी तथा उच्च हिमाली भेगमा गरीब परिवारका बालबालिका र कक्षा छोड्ने दोहोर्‍याउने विद्यार्थीलाई लक्षित गरी दिइने दिवा खाजा कार्यक्रमका कारण तल्लो कक्षामा विद्यालय आउन छाड्ने समस्या केही हटेको कैलाश प्राथमिक विद्यालयका प्रधानाध्यापक गणेशबहादुर सिहंले बताए ।

कक्षा १ देखि ५ सम्म सञ्चालन भएका १३४ आधारभूत विद्यालयका एक हजार ६१३ विद्यार्थी दिवा खाजा कार्यक्रममा सहभागी हुने गरेको सिंहले जानकारी दिए ।

विद्यालयमा दिवा खाजा सञ्चालन गरेपछि अभिभावकमा समेत बालबालिकालाई विद्यालय पठाउने उत्सुकता जागेको प्रअ सिंहको भनाइ छ । पौष्टिक तत्वसहितको खाजा खान पाएकोमा अभिभावकले खुशी व्यक्त गरेका छन् । घरका अभिभावक सबै खेतको काम गर्न जाने भएकाले विद्याललमै खाजा खुवाउने भएपछि ढुक्क हुने गरेको अभिभावक गोकर्ण देवकोटाले बताए ।

प्राथमिक तहको विद्यालयमा हरेक वर्ष २०० भन्दा बढी विद्यार्थी भर्ना हुने गरेको विद्यालयले जनाएको छ । उच्च लेकाली भेगमा रहेको हिमाली गाउँपालिकाको हिमालभक्ति प्राथमिक विद्यालयमा ३२ बालबालिका दिवा खाजाले नियमित विद्यालयमा आउने गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेम लामाले बताए ।

सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि विसं २०७३ मा स्थानीयस्तरमा उपलब्ध हुने खाद्य पदार्थबाट सम्बन्धित विद्यालयका खाजा व्यवस्थापन समितिले विद्यार्थीलाई खाजा उपलब्ध गराउँदै आएको शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका निमित्त समन्वय एकाइ प्रमुख रमेश जनालले बताए ।

सो कार्यक्रमअन्तर्गत विद्यालयमा सरसफाइ, चर्पी भवन निर्माण तथा मर्मतसम्भार गर्दै आएको कार्यक्रमका जिल्ला संयोजक प्रेम खनालले बताए ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ९ : २८ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा