फाँसी अघिनै मृत्यु भएपनि मुशर्रफको शव इस्लामावादको चोकमा तीन दिनसम्म झुण्ड्याऊ– अदालत « Khabarhub

फाँसी अघिनै मृत्यु भएपनि मुशर्रफको शव इस्लामावादको चोकमा तीन दिनसम्म झुण्ड्याऊ– अदालत


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानका पूर्व राष्ट्रपति जनरल परवेज मुशर्रफलाई देशद्रोहमा दोषी ठहर गर्दै विशेष अदालतले फाँसीको सजाय सुनाएको छ । फाँसीको सजायको पूर्ण फैसला सार्वजनिक भएको छ ।

इण्डियन एक्सप्रेसमा प्रकाशित एक समाचारका अनुसार उदालतको फैसलामा लेखिएको छ,‘यदी मुशर्रफको मृत्यु फाँसीको सजाय भन्दा पहिला भएपनि उनको शवलाई इस्लामावादको डी चोकमा तीन दिनसम्म झुण्ड्याउनु ।’

फैसलामा भनिएको छ,‘अभियुक्तलाई हरेक एक अपराधमा दोषी पाइएको छ । त्यसैले उनलाई फाँसीमा अन्तिम श्वास सम्म झुन्ड्याइनेछ ।’

‘हामी कानून प्रवर्तन एजेन्सिलाई यो निर्देशन दिन्छौं कि दोषी व्यक्तिलाई कानूनको तर्फबाट तय सजाय दिने काम पूरा होस् । यदी उनको यसअघि नै मृत्यु भए उनको शवलाई पाकिस्तानको राजधानी इस्लामाबादको डी चोकमा ल्याइयोस् र त्यहाँ तीन दिन सम्म झुण्ड्याइयोस् ।’

विशेष अदालतको जुन बेञ्चले परवेज मुशर्रसको विरुद्ध फैसला सुनाएको छ त्यसको नेतृत्व पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमद सेठले गरेका थिए ।

७६ वर्षीय मुशर्रफ यतिबेला दुबईमा रहेका छन् । उनको त्यहाँ स्वास्थोपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  १० : ३४ बजे

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ

‘गगनलाई मान्यता दिने निर्णयविरुद्ध निस्सा पाएका छौँ, कांग्रेसको रुख र चारतारे झण्डा हाम्रै हुन्छ’

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन र त्यसबाट