हिउँदे अधिवेशन आजदेखि : उपसभामुखले बोलाइन् कार्यव्यवस्था परामर्श समिति बैठक « Khabarhub

हिउँदे अधिवेशन आजदेखि : उपसभामुखले बोलाइन् कार्यव्यवस्था परामर्श समिति बैठक


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय संसदको दुबै सदनको हिउँदे अधिवेशन आजदेखि शुरू हुँदैछ । दिउँसो ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकको अध्यक्षता उपसभामुख शिवमाया तुम्बाहाङफेले गर्ने भएकी छिन् ।

प्रतिनिधि सभा बैठकको कार्यसूची तय गर्न उपसभामुख तुम्बाहाङफेले १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएकी छिन् । उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदको हिउँदे अधिवेशनको सुरुवात आफ्नै अध्यक्षतामा गर्ने उपसभामुख तुम्बाहम्फेको चाहनामा बाधक नबन्ने भएको छ ।

उपसभामुख तुम्बाहाङफेले बोलाएको कार्यव्यवस्था परामर्श समिति बैठकमा जाने निर्णय उसले गरेको छ । संविधानमा सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्ने भन्ने व्यवस्था रहेकाले कांग्रेसले यसमा सकारात्म रहेको सचेतक पुष्पा भुसालको भनाइ छ ।

दिउँसो बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठकको कार्यसूची तय गर्छ । अहिलेको सम्भावित कार्यसूची राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाउने, शोक प्रस्ताव र अर्को बैठकको मिति रहेको बताइएको छ ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको अभियोग लागेपछि असोज १३ गतेदेखि सभामुख पद रिक्त छ । सभामुखको अनुपस्थितिमा उपसभामुख तुम्बाहाङफेले बैठकको अध्यक्षता गर्न लागेकी हुन् ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ११ : ०८ बजे

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर

फ्रान्सेली इतिहासका क्रान्ति सम्झाउनेगरी पेरिस र ठूला शहरमा मच्चियो हिंसा र उपद्रो

काठमाडौं- फ्रान्सेली इतिहासमा भएका विभिन्न क्रान्ति र विद्रोहको झल्को दिनेगरी

नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ

सुनसरी– इनरुवा नगरपालिका–४ ज्ञानोदय टोलबाट ९१५ किलो ६८० ग्राम गाँजासहित

आँबुखैरेनीमा सडक, खानेपानी र भवन निर्माणलाई प्राथमिकता

दमौली– आँबुखैरेनी गाउँपालिकाले सडक, खानेपानी, सडक किनारमा वर्षाको पानी निकासको