जाडोमा घुँडा वा जोर्नी दुख्छ ? यी हुन् घरेलु उपचार विधी | Khabarhub Khabarhub

जाडोमा घुँडा वा जोर्नी दुख्छ ? यी हुन् घरेलु उपचार विधी


४ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिन प्रति दिन जाडोयम बढ्दै गएको छ । यतिबेला जोर्नी तथा घुँडा दुख्ने समस्या बढ्न सक्छ । कतिसमय अवस्थामा त घुँडा दुखाईले सामान्य हिँडडुल गर्न समस्या हुन्छ । त्यसैले यस्तो पीडाबाट मुक्ति पाउनका लागि घरेलु उपचार विधी अपनाउँदा फाइदा पुग्छ ।

अदुवा
अदुवा यस्तो औषधि हो जसले घुँडाको दुखाईमा रामवाणको काम गर्छ । यसलाई चियाँसग सेवन गर्न सकिन्छ । अथवा यसको रस पिउँदा पनि हुन्छ । साथै महसँग पनि यसको सेवन गर्न सकिन्छ ।

कागती
कागतीको सेवनले पनि घुँडाको दुखाई पनि शान्त गर्छ । यसलाई घुँडामा दल्दा पनि राहत मिल्छ ।

तोरीको तेल
तोरीको तेलमा लसुन मिसाएर हल्का तताउने । नियमितरुपमा यसो गर्दा घुँडाको दुखाई पक्कै कम हुन्छ ।

सिधे नुन

घुँडाको दुखाईमा सिधे नुन एकदमै असरदार हुन्छ । यसलाई पानीमा हालेर दुखेको ठाउँमा लगाउँदा आराम मिल्छ । यो एउटा घरेलु उपचार हो ।

बेसार
घुँडाको दुखाई भगाउनका लागि बेसार एक प्रभावकारी प्राकृतिक उपचार हो । बेसारमा मौजुद रहने कुरक्यूमिनले एन्टिअक्सिडेन्टको रुपमा काम गर्छ र दुखाई कम गर्न सहयोग गर्छ ।

मेवाको विज
मेवाको बिज अत्यन्तै उपयोगी हुन्छ । यसलाई पिसेर तेलमा लगाएर आफ्नो घुँडामा दल्नुपर्छ दुखाईबाट उन्मुक्ति पाइन्छ ।

गाजर
गाजरले हाम्रो शरीरलाई पौष्टिक तत्व प्रदान गर्छ । यदि घुँडाको दुखाईबाट पिडित हुनुहुन्छ भने बढिभन्दा बढि गाजर खानुपर्छ । यसले शरीरलाई शक्ति प्रदान गर्नुका साथै घुँडाको दुखाईबाट छुट्कारा दिलाउँछ ।

मेथीको बिज
घुँडाको दुखाई छ भने मेथीको बिउलाई पिसेर तेलमा मिलाएर हल्का हातले लगाउनुपर्छ । यसबाट घुँडाको दुखाई शान्त हुन्छ ।

प्याज
प्याजले पनि घुँडाको दुखाईबाट छुट्कारा दिलाउन सक्छ । सोझै प्याज खाएर वा पिसेर घुँडामा लगाउनाले यसबाट लाभ हासिल गर्न सकिन्छ ।

नरिवलको तेल
खुट्टा मर्किएको बेला नरिवलको तेल लगाएर मालिस गर्दा आराम मिल्छ । साथै घुँडाको दुखाईमा पनि यसको प्रयोग गर्न सकिन्छ ।

रातो खुर्सानी
रातो खुर्सानीको प्रयोगले घुँडाको दुखाईमा राहत प्राप्त हुन्छ । यसमा मौजूद केपसाइसिनले पेनकिलरको जस्तै काम गर्छ ।

ओमेगा ३ फ्याटी एसिड
यी फ्याटी एसिडले शरीरलाई शक्ति प्रदान गर्नुका साथै विभिन्न रोगहरुसँग लड्न क्षमता प्रदान गर्छ । यसका लागि बदाम, दुध जस्ता चिजहरु सेवन गर्नुपर्छ । दैनिकरुपमा यी वस्तुहरु सेवन गर्दा घुँडाको दुखाई समाप्त हुन्छ ।

क्याल्सियमयुक्त खाना
क्याल्सियमयुक्त खानाले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । शरीरमा क्याल्सियमको कमिले गर्दा नै हड्डीको दुखाई उत्पन्न हुने हो । त्यसैले क्याल्सियम भएका खानेकुराहरु भरपुर सेवन गर्नुपर्छ ।

एक्सरसाइज
घुँडाको दुखाई हुनेहरुले नियमित एक्सरसाइज गर्नु आवश्यक छ ।

योगा
योगा गर्नु धेरै हिसाबले लाभदायक छ । कठिन शारिरीक अभ्यासबिनै आफूलाई स्वस्थ राख्न चाहने हो भने नियमित योगा गर्नुपर्छ । यसले घुँडाको समस्याबाट पनि छुटकारा दिलाउँछ ।

प्रकाशित मिति : ४ पुस २०७६, शुक्रबार  ११ : २४ बजे

तायाःमचा नृत्यको प्रचारप्रसारका लागि नृत्य प्रतियोगिता

कास्की – नेवार समुदायमा प्रचलित तायाःमचा नृत्य यो समुदायमा मात्र

गुणस्तरीय शिक्षाका लागि गरिएको लगानीले वर्षौँपछि प्रतिफल दिन्छ  : एनपी साउद

कञ्चनपुर– नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले गुणस्तरीय शिक्षाका

सवारी कारबाहीबाट चार करोड ४१ लाख राजस्व संकलन

कैलाली– नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले

खानेपानी उपभोक्तालाई एक करोड २९ लाख विद्युत् महसुलमा अनुदान

तनहुँ– खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट तनहुँ र नवलपुरका १२९